सिउनीखोला (हाम्रो खर्यान/डालामुङ्ग्रा अम्रिसा आदि भएको जमिन थ्यो, खोल्साको
रिपा:"घाम कम लाग्ने" पाखो पट्टी) बाट दाउरा ले'र आउँदै थिम| पँधेरा बंगैचा आइपुग्दा
यस्सो माथिपट्टी हेरेको, नरेसार्कीको बारीका डीलमा
बेल्ती(अम्बा) पहेँलपुर्!! ओई जाँठा तिर्थे! बेल्ती हेर तो!!! तिर्थेले एस्सो आँखा
गाड्यो बाटाको माथिपट्टी बारीको ढिकमा| बेल्ती पाकेर पँहेलपुर् !!
म पछी पछी थें| तिर्थे अँघी | तिर्थेले
केहि नबोली ल्वात्त दाउराको डोको बिसायो बाटाको कुनामा| मैले कुरो बुझिहालें| मैले
नि बिसाएँ| दुवै जना अजम्मरी र सिउँडीको
बार नाघ्दै छिरिम बारीमा| पाक्या बेल्ती क्वाप का
क्वाप दार्न थालीम| कति पो खानु र! गोजामा भर्दै
थिम| मकै
बारीबाट लात्रिंदै आएका काँक्राका झालमा तर्ल्याङ् र तुर्लुंङ् काँक्रा! लोभीको
भाँडो उभिन्डो भन्या झैँ, हाम्लाई काँक्राको नि लोभ
लाग्यो| हतारमा तिर्थेले बेल्तिको
एउटो हाँगो कर्याक्क गर्दै भाँच्यो| दुइटा सुर्का माथि नरे
सार्कीको घर थ्यो| घरमै रैचन सबै जाहान| नरे
कराउन थालिहाल्यो| ए~~!! को हो त्यो बारीमा बेल्ती
चोर्नी!!! हाम्रो पालो अजम्मरिको बार नाघ्दै बेल्ती सेल्ती त्यतै हुर्र्याएर भागीम| हतारमा
उल्टो भागिएछ सिउनिखोला तिरै |
अलि पर रोका' घरको
आड लाएर लुकेर बसिम एकछिन| तर आपद! दाउराको भारि त उसकै
बारीको मुनि छ | जसरि नि फन्दामा परिहालियो | तर
भगबानले समस्या सँगै समाधान नि पठाएका हुन्चन के!! उताबाट गोसाइं कमलेकि आमा
घाँसको भारि ले'र आउँदै थिईन| हाम्लाई
सार्है मायाँ गर्थिन| मुन्तिर बाटोमा झरेर उनलाई
सबै कुरो नढाँटि सुनायौं| कमलेकी आमाले आइडिया
निकाल्नुभयो | आफ्नो डोको बाट हँसिया झिकेर
हाम्लाई दिएर, यदि उसले भेट्यो भने हामीलाई
थाहा छैन| हामीले हँसिया बिर्सेर डोको
अँघीनै बिसाएर सिउनिखोला हँसिया लिन गएका थिईम भन्नु! अनि मैले नि भन्ने छु कि हो
यिनीहरु म सँगै आएका हुन्| यिनीहरुले चोरेका हैनन्|
हुन पनि त्यस्तै भयो| हाम्रो
डोकोको छेउमा कुरेर बसिराखेको रैछ| हाम्लाई देख्नासाथ खाउँला
झैँ गरि गर्जिन थाल्यो| जाबो चार दाना बेल्ती मागेको
भए दिई हाल्थें नि!! हाँगा भाँची भाँची चोर्नु पर्छ!!! म गरिप लाइ हेप्नी!!!
हाम्ले केहि थाहा नपाए झैँ गरिम| के भयो र नरे दाई? किन
यसरि च्याँट्ठीन्चौ हो!!! हाम्लाई थाहा नभएको सबिस्तार बताए पछी उ चुपचाप लागेर घर
उक्लियो| हामि नि खुशी हुँदै कमलेकि
आमालाई धन्याबाद दिंदै घरतिर लागिम|
बेलुकी तिर्थेको र मेरो
घनघोर सल्लाह भयो| छलफल भयो| त्यसले
हाम्लाई त्यत्रो दोष लगाउनि!! तेस्का बेल्ती अब छोड्नु हुन्न!! म धेरै जसो साँझको खाना खाएर
तिर्थेकोमा जाने गर्थेँ| उसको
कोठा बाहिरै बाट जान सकिन्थ्यो| माटे
भर्यांग उक्लेर सिधै उसको कोठामा जाँदा कसैलाई थाहा हुने थिएन| तर हाम्रो घरमा त्यो ब्यबस्था
थिएन| त्यसैले मैले उपध्र्या साथी
कोठामा ल्याउन खासै पाउँथिन| बेलुकी
तिर्थ्या झोला बाट किताप खान्याइम | झोला
बेरेर गोजामा कोचिम | अनि हिँडियो नरे सार्किका
बेल्ती चोर्न| करिब २० मिनेटको बाटो हुँदो
हो| बर्खाको समय| तिर्थ्या बारी हुँदै ड्वा(गहिरो
बाटो/डगर) हुँदै हिलोमा कच्याल कच्याल गर्दै पुगियो नरे सार्किका बेल्ती भएको
ठाममा | घर भन्दा तीन चार सुर्का तल
अन्तिम सुर्काको बेल्ती बाट सुरु गरियो| झोला
र पेट भरियो| यस्सो उँभो हेरेको त अरु पनि
टन्नै बोट रहेछन | आजलाइ त भैहाल्यो | फेरी अर्को चोटी लाइ बाँकी
राखेर फर्किइयो तिर्थ्या कोठामा| खाट
मुनि बेल्तिको थान्को लाइयो| अनि
सुतियो|
अर्को दिन खाटमुनिका बेल्ती
सक्केपछी फेरी जाउँ जाउँ भयो| हिंडीम्
फेरी अर्को रात| अर्को पटक चाहिँ मैले टर्च
लाइटको ब्यबस्था गरेँ| अर्को दिन आँगनको छेउँमा
भएको ठुलो बेल्ती को बोटनेर पुग्यौं| भित्र
सुतिसकेका थिएनन| खुट्टामा चिल्लो लगाएर मालिस
गर्दै गफ चुट्दै बसिरहेका थिए| झ्यालको
चर् बाट देखियो| बेल्तीको फेंदमा कोहि नचढोस
भनेर टन्न लाएर बयरका काँडा बाँधेर बेरिएको थियो| एक एक गर्दै फुकाइम| अनि चढीम् बेल्तिको रुखमा| अँध्यारो रात थियो| कुन दाना पाकेका कुन काँचा छुट्टयाउन सकिन्थेन| मुखमा टर्च लाइट च्याँपेर
बेल्तिको दानामा देखाउँदा जुन टल्किन्छ त्यो टिप्दै झोलामा कोचार्न थालीम| झोला भरेर रुखबाट झर्दै थिईम| घर्याक्क कुइँयँ गर्दै ढोका
खोलेको आबाज आयो| हतार हतार झरेर आँगनको डिलबाट
तलतिर घुस्रिम| आँगन देखि आँगन मुनिको बारी
करिब पाँच मिटर तल थियो| र
कान्ला भरि सिस्नो थियो| हामि
त्यहिँ सिस्नोको घारीबाट तल घुस्रिम| धन्न
छिप्पिसकेका सिस्नोका डाँठ समात्दै झर्दा पोलेन| भर्खर मकै फाँडेका मकैका तिखा बुटी (ठुटि) थे | ति पनि
छलियो |पाँच मिनेट थुचुक्क बसेपछी पछी उठेर लागियो घर तिर एक एक झोला बेल्ती बोकेर
| काम् धाम केहि थे’न | बस्यो, चोर्या बेल्ती
चपायो | दुइ तीन दिनमा खलास भए बेल्ती | फेरी अर्को पटक जानु पर्ने भयो | घरको
एभरेडी लाइटमा चोर्नाकै लागि एक जोडा बेटारी एक्स्ट्रा जोडियो | फेरी लागियो अर्को
साँझ ‘मिसन बेल्ती’ |
लोभ बढ्दै गयो | जति घरको
नजिक पुग्यो उति मिठा र ठुला दाना भएका बेल्ती | यसो आँगनको छेउँमा हेरेको त अनार
पनि रैछ | तर पाकेको थिएन, त्यसैले मन गएन | सुन्तलाको बोट भएको थाहा थ्यो | कता पट्टी भन्ने थाहा थिएन | खोज्दै जाँदा भेटियो | लास्टै अक्कड ठाउँमा रैछ | भैँसी
गोठ र मलखातोको बिचमा | सुन्तला लटरम्मै !!!! हाम्रो त खुसीले झन्डै होस् उडेन | झोलामा
पहिल्लेई टिपेका बेल्ती भरिएका थिए | अब सुन्तला केमा राख्नु !! मलखातोको गोबर
खोस्र्यों दाउराले | अनि त्यैं पुर्यौं बेल्ती | झोला खालि भयो, अब पालो सुन्तलाको
| बोटमा चढ्यौँ | बेल्ती जत्रो ठुलो बोट नि थिएन र बलियो पनि | तिर्थे माथिल्लो
हाँगामा टेकेर अलि माथि माथिका टिप्दै झोलामा हाल्दै थ्यो, मैले तल तलका | “ गु खानिलाइ खली” हाम्ले सुन्तला भेटेको !!!
काँचो पाक्या मतलब भएन | हाम्लाई “सुन्तला
इज द सुन्तला” | रमाउदै टिप्दै थ्यौं |
तिर्थेले भन्यो : बरुण !! 'मेरा आँखा त नन्दा भए' !!! सुन्तलाका गेडा खुट्याउन सकिन
!!! मलाइ खै के भयो, के सुने ~!! हाँसोको फोहरा छुट्यो | जोड परेछ क्यारे मैले
समातेको हाँगोमा बढी बल परेछ कर्याक्कै भाँचियो | म मल्खातामा गोबरमा लाछारिएँ |
मैले समातेको र तिर्थेले टेकेको हाँगो यौटै पो रैछ | तिर्थे नि संगसंगै मलखातामा |
जिउ भरि गोबरै गोबर भयो | पोखिएका सुन्तला खोजि खोजि गोबरमा गाडीम, बाँकी बोकेर
पँधेरातिर लागिम मध्यरातमा | पँधेरा (कुवा)मा गएर गोबर पखालेर घर गयौँ | अब
सुन्तलाको लत बस्यो | दुइ दिन पछी फेरी गयौँ | एक झोला ल्यायौं | कैले गोठको छानो
भरि घुसार्थ्यों कैले कता लुकाउँथ्यौं | सुन्तला लुकाएर राख्न अत्ति मुस्किल भयो |
जता राखे नि मगमग बासना आउने | एक दिन लाइट ल्याउन पाइएन | तर चोर्न नगई नहुने !!
हामि सँग उपाएको के कमि थ्यो र!! टेकनारायण अंकललाइ हाम्रो योजना सुनाइम | ऊनी
ग्याजेट (उसबेलाका हाम्रा ग्याजेट :टर्चलाइट, सानोखाले रेडियो, घडी आदि हुने
गर्थे)का सौखिन थिए| हाम्रा सिनियर साथी (नाताले अंकल) तर डर छेरुवा| पहिले त डरले
मानेनन, तर तिनी लाइटको लागि मात्र सहभागी हुने र दुइ सय मिटर परै लुकेर हाम्लाई
पर्खिने शर्तमा मन्जुर भए | तिनलाई सम्साँझै तिर्थेको कोठामा बोलाइम | जानु पर्ने
सबै सुतिसकेपछी थ्यो | तर हामि तिर्थ्या कोठामा आठ नबज्दै जम्मा भइम | टेक नारायण
अंकल हाम्रा सिनियर र गणितमा राम्रो दक्खल राख्थे | त्यसैले ऊनी सँग साँझमा सँगै बस्नको
लागि घरमा गणित सिक्न उनीसँग रहेको सुनाएपछि हुन्थ्यो | तिर्थेको कोठामा पहिले त
एक दुइ थान हिसाब गरे जस्तो गरियो | तर करिब दश बजाउनु थ्यो | लाल्टिनको उज्यालोमा
मस्त तास खेल्न थालीम कल्ब्रेक तिनजना | हुकुम रङ् जति हाम्ले पारेर टेकनारान
अंकललाइ जिस्काउन थाल्यौं : रंग जति लगेर चाँप्यौ भन्दै | ऊनी बिचरा सोझा थिए |
कहिल्ले उनको मुखबाट फोहोर शब्द सुनेका थिएनम हाम्ले | तर हाम्ले जिस्काउँदा झोंक
चलेछ क्यारे ! “तिम्रिमा *** “ भनेर प्वाक्क बोले | हाम्लाई
अनौठो लाग्यो हाँसोको फोहरा छुट्न थाल्यो | तर त्यो सब हर्कत अर्को कोठाको खोपा
(घर बनाउदा खट बाँध्नको लागि बनाइने प्वाल)बाट तिर्थेकि आमाले हेरिरहनु भएको रहेछ
| “तिम्रिमा ****, ****,*****
गालिका बर्षा शुरु भए | मैले कुनै स्त्रीजाति बाट पहिलो चोटी सुनेको थिएँ त्यस्ता
गालि | यो अनिकालको मट्टीतेलको सत्यानास गरेर पढ्ने बहानामा तास खेल्नी तिम्लाई
डिंङ्ना हरु !!!! भन्दै लखेट्न थाल्नु भयो | धन्न हामि पूर्व तयारीमा थियौँ | झोला
कम्मरमा बाँधिएको थियो, टेकनारायणको लाइट उनकै गोजामा | हामि फाल हाल्यौं | तोरी
छर्नलाइ सम्म्याईएका बारीबारी फाल हाल्दै पँधेरा पुग्यौं | त्यतै एकान्तमा गफ
गर्दै रातको दश बजायौं, अनि लाग्यौँ मिसन सुन्तला |
त्यसपछी पनि धेरै पटक नरे
सार्किका सुन्तलामाथि आक्रमण भैरहे | कैले गोसाइँ कमलका केरा चोर्न जाँदा (कमल
सहित ) त कैले द्वारे साहिँलाका पुजा हुँदा | सुन्तला को अध्याए सक्की सक्यो तर
हाम्लाई नशा लागिसकेको थ्यो | हात चीलाईरहन्थे | कतिपय शब्द हरु तिर्थे र म बाहेक
कसैले बुझ्ने थिएन | कोड वर्ड धेरै थिए | हिउँद लाग्यो अब उखु देखि लिएर बन्दा र
काउली समेत बाँकी रहेनन | के टेस पर्थ्यो कुन्नि खै !! घरबाट साँझको भात खाएर
निस्केको मान्छे राति कैले हाम्रा साहिँलाबाका काउली सोत्तर पारेर काँचै कोपर्ने,
कैले पाँड्या हेड सरका | काउली चोर्दा जरै देखि उखेल्थिम | ताकी चोरिएको पत्ता
नलागोस | सबै भन्दा टेस त भक्कु (भोगटे) टिपेर भिरालोमा पल्टाईदिँदा
पर्थ्यो |
त्यस्तैमा एक दिन ठुटेआँपा’रुखेको बारीको कान्लामा साँझमा
केरा आधा पाकेको देखेँ | तिर्थे र म राति झोला लिएर आइम | आउँछम् भन्दा त केरा त
काटेर लगीसकेछन | हिस्सै परेर फर्किंदै थिईम, एक्कासि बाघ सँग जम्का भेट भयो |
सातोपुत्लो उड्यो | दुवै जना दुइ तिर भागीम, भाग्दै घरमा आउँदा हाम्ले लागेको झोला
छैन | अब पर्यो अर्को आपद !! त्यो नखोजी सुख छैन | भोलि कसैले कसैका बारी तिर भेटे
भने बर्बात हुन्छ, सबै पोल खुल्छ | रातभर लाएर खोजिम, भेटेपछी बल्ल चैनको सास
फेरेर घरमा आएर सुतिम |
कैले काउली चोर्दा चोर्दै
रातिमा गहुँबारीमा भाग्दा (काउलीमालिक पिसाब गर्न बाहिर निस्किँदा) सितले भिजेको
सर्स्युंको फुल जिउ भरि लपक्कै टाँसिएर जिउ पुरै पहेंलपुर् हुन्थ्यो | तर अचम्म
कसैले चुइँक्क सम्म थाहा पाएनन् | यदि रङ्गे हात नपक्रिएको खण्डमा आरोप लगाउने
कुनै डर थिएन | हामि गाउँमा सोझा मध्यका पर्थिम |
पछी त आत्म ग्लानि हुँदै गयो
| कसैले यत्तिकै जिस्केर जोर सँग हकारेजस्तो गरि बोलायो भने “लौ बर्बात भयो, यसले त हाम्रो
कर्तुत थाहा पाएछ क्यारे “
जस्तो लाग्थ्यो |
बिध्यानास कम्पनि गुरु रक्स के !!! भाषागत शुद्धता खोज्नेले नपढे पनि हुन्छ, तर चलनचल्तीको भाषा र बोलीचालीको भाषामा लगाव राख्ने म जस्तालाई तिर्थे हाँस्ने एउटा बहाना मात्र नभएर उनीहरुले गरेका चर्तिकलाहरु सम्झिंदै घुटुक्क थुक निल्नु पनि हो, त्यसमाथि जीवनमै नसुनेका शब्दहरुको संयोजन त छंदैछ
ReplyDeleteघरेलु कम्पनि रक्स के लास्टाँ एकपटक :)
दाइ यस्तो राम्रो स्टोरी किन यति छोटो ? गज्जपले टेस परो मलाई त, खित्का छोडेर हाँस्न पर्नी बनायौ नि !
ReplyDeleteअत्यन्तै चतुर रैच दिमाख, हाम्ले मान्यम त्यो टिरिक लगाउन सक्ने बुद्धी र अहिले यहाँ सकुशल उतार्न सक्ने क्षेमता राख्न सक्ने क्रिएटिभ दिमाख लाई :)))) कीप इट अप...खोक्रो दर्शन छाँटेर भन्दा बास्तबिकता लेखेर मन छुन सक्ने लाई विद्वान भन्छु म :))
ReplyDeleteठिकै छ रमाइलो छैन त म भन्दिन तर बिसय बस्तु संगै पर्कृति लाइ पनि ध्यान दिनु पर्छ. जस्तै, बेलौती कुन मौसम मा हुन्छ र मकै कुन मौसम मा हुन्छ? अनि काँक्रो?
ReplyDeleteसबै एकैचोटी हुन्छ!
Deleteसबै एकैचोटी हुन्छ!
Deleteसबै एकैचोटी हुन्छ!
Deleteरवी आचार्य ज्यु, बेलौति भदौ देखी पाक्न थाल्छ्, मकै त्यस समयमा पाक्ने बेला हुन्छ र काँक्रो मकै बारीमा हुन्छ । अली ढिला फल्न थाल्छ। मकै पाक्दा सम्म बारीका काँक्रा पहेँलिसकेका हुन्नन । र जानकारी गराउँ : हाम्रो लग्भग १००० मिटर उचाइको क्षत्रफल मा यस्तो हुन्च । :))
ReplyDeleteमलाई पनि माथी रवी जि ले भने जस्तै कता कता प्रकृति संग नमिलेको जस्तो लाग्यो... हाम्रा तिर बेलाम्ती भदौ तिर पाक्च तर सुन्ताला त भदौमा खान हुने खालका हुदैनन्... आमिला सुन्तालानै चोरेको भए सुन्तालाको स्वाद पनि राख्देको भए कथामा अझ टेस पर्थ्यो.. :)
Deleteबेलौति भदौ देखी कात्तिक सम्म हुन्छ । दसैं तिहारमा गाउँमा बेलौति लदाबरी हुन्च। सुन्तला दसैंको मेलामै जती खाउ बेच्न राख्छन। तिहार तिर त जती नि फालाफाल हुन्छ सुन्तला। अली होचो ठाउँमा अझ चाँडै पाक्छ लेकमा भन्दा । दसैंँ तिहार नै बेलौति र सुन्तलाको मौसम हो हाम्रो तिर ।अनी बेलौति देखी सुन्तला सम्मको यात्रा एक दुई दिनको हैन । त्यो बर्ष को बर्षातको अन्त्य देखी हिउँद सम्मको लगातार खेल हो। :)
Deleteसुरज जी : म साहित्य लेख्ने कैन आत्मकथा लेखेको हुनाले हाम्रो तिर बोलिने र बोल्दा प्रयोग गर्या भाषा लेख्या हुँ के !! :D,
ReplyDeleteधीरज : धेरै लामो हुन्थ्यो सबै कथा लेख्या भए त !! अल्छि लागेर सम्झनाको लागि यत्ती मात्रा लेखेको हो । धन्न तिर्थे गाउँमा छ, ब्लग पढ्न पाउन्न र हो , नत्र मार्च मलाई बिजेत गरेकोमा :)
ज्योति: आफ्नै उस्बेलाका हर्कत हुन, सम्झनाले छोड्दैनन केरे जाँ गए पनि :)
This comment has been removed by the author.
ReplyDeleteजसले जे भनोस, बरुण पोखरेलको भाषा र शैलीको ठूलो फ्यान हुँ म । पढ्दै जाँदा कतै गोबरमा लतपतिएको त कतै बाघसँगको जम्काभेटले आफूलाई पनि सँगसँगै डोहोर्यायो । लेखन जारी राख्न जोडदार माग गरिन्छ । :)
ReplyDeleteकम्पनी रक्स
ReplyDeleteउहिले पोस्टियेछ्न आज पढ्न पाइयो :) हरेक अध्याय जस्तै यो पनि गज्जप!!
ReplyDeleteदरो रेछ कम्पनि... अनि माथि रवि आचार्यको कमेन्ट देखेर म त ट्वाँ के ;) अनि को रैछन् यी मेरा हम नाम भनेर हेर्नै गएँ गुगल+ मा.. :)
ReplyDeleteकम्पनि का ब्लग पढ्न मजै बेग्लै :)
ReplyDelete
ReplyDeleteगजब नं ८