6/28/12

"तिर्थे" द्वितीय अध्याय


संगत सानै देखि अलि सिनियरहरु सँग थियो| यौटा भ्रम पनि थियो र महत्वाकांक्षा पनि| ठुलाहरुले आफु सँगै मिसाउँदा होस या अलि आफ्नै लेबलले बोलाउँदा आफु नि हलक्कै बढ्या जस्तो अनुभब हुन्त्यो| त्यसबेला अरु बाँकी आफु समानकालाइ नि भाउ दिईन्थेन| आफु ठुलो मान्छे जो भइएको छ! सायद ति सिनियरहरु पनि त्यसरी नै हुर्केका थिए| तिनका तालमा ताल मिलाउनलाइ खैनी खान पनि सिकियो| सायद म भन्दा अझ पैला तिर्थेले सिक्यो| अनि मलाइ अझ सजिलो भयो सिक्न| यती साना थिईम कि त्यसबेला ... यित्ति माखा'' पित्त जति खैनी अँघिल्लो पट्टिको तल्लो लहरको दाँतको अँगाडीपट्टी छिस्स कोचार्दा नि ओंठ सुस्केरा हाल्न ला'को जस्तो गरि खिस्स अँगाडी चोंसो निस्किन्थ्यो| उमेरै सानो, ज्यानै सानो, ओँठै सानो अनि तेत्ती जाबो खैनी नि लुक्थेन| खैनिका काला छोक्रा छिस्स देखिन्थे| तर पिरित्त पिरित्त थुक्न चाहिँ सारै स्वाद पर्थ्यो| अरुले खैनी खाएर पिरित्त पर पुग्नीगरि भित्तामा थुक्या देख्दा खुबै रहर लाग्थ्यो| लाग्थ्यो कि तिनीहरु त्यसरी थुकेर नै ठुलामान्छे (सिनियर) भ'का होलान| 

6/23/12

Fantasy Over Reality


Color of fart 
acrylic on canvas, 91x73 cm


Relaxation
acrylic on canvas, 163x130 cm


Fishing
acrylic on canvas, 163x130 cm

6/5/12

"तिर्थे" प्रथम अध्याय:

भँडारिबारिको तिर्थे। रिस्तेमे तो ओ मेरा अंकल लगता है! तर बच्चै बेलादेखिको साथी। साह्रै ढिपिबाल थ्यो। उस्को कुरो मात्रै सही। हुन त म पनि काँ कम र! त्यसैले त जमेहोला नि हाम्रो जोडी। दिन्भर सँगै खेल्यो, दिनमा २-४ झ्वाँक झगडा परेन भने त के स्वाद भयो र! तर झगडा जत्ती गरेनी तत्कालै मिलिन्थ्यो। मत्लब दुबै लाई थाहा थ्यो साथीको महत्व र आफु माथि पर्दा हुने अहमता ।
खोपामा राख्या सलाई टिप्क्यायो अनी हिँड्यो चौर तिर या द्वार्या बाँझो बारीतिर । जाएँको गोजाँ यौटो खिल(फलामको किला) कहिल्ले छुट्थेन । अनी सलाइको काँटी खोल्यो खोर्सामा बेर्यो , सुक्या मुढामा खिलले सानो दुलो पार्यो , त्यस्मा काँटिको बारुद भरेर गुटुमुटु पार्या डल्लो घुसायो, फेरी खिल कोच्यो अनी ढुङ्गाले ड्याङ्ग पड्कायो। पोलिस्टरका सर्ट त चाल्नो बन्थे, तर पड्काउनुको मजा मा कस्ले ख्याल गाह्रोस त्यस्ता चाल्ने कमिज। 
शब्दमा भन्दा "क्या टेस पर्थ्यो"|