मैले एक दुइ चुस्की लाइसक्या थें पहिले नै| त्यसैले त्यसको स्वाद र व्यहोरा थाहा थ्यो| तर तिर्थे भने अनभिज्ञ थ्यो र अनभिज्ञ नै रहन चाहन्थ्यो| धत्! अरु सबै गर्नी तर रक्सि चाहिँ खानु हुन्न !! भन्थ्यो| न त हाम्रो समाजमा पच्छ न त त्यसले राम्रो नै गर्छ! त्यसैले सबै गरम तर त्यो चाहिँ नखाम भन्थ्यो| बरु गाँजाको स्वाद खुबै लिई सक्या थ्यो| कैले काहिँ पार्द्या दामे सँग लाएर द्वार्या बारीको कुनामा बसेर प्वांक प्वांक गाँजाको कस नाका'आ पोराबाट फालिन्थ्यो| अनि मैरो (तुलसीको मठ)बाट दुइ चार पत्ता चुँडेर चपाउँदै भित्र पसिन्थ्यो|
खर्क चौराँ द्वार्या साइँलाबाको थोत्रो घर को यौटो सानो कोठामा टेके अंकल (टेक नारायण)को होटेल थियो| चकले लेखेर कैले स्वर्गद्वारी त कैले मल्लरानी भन्दै होटलको नाम फेरी रहन्थे| पकौडा र कैले कहिँ अन्वार नपर्या समोसा बनाउथे| तिनले बना'का समोसामा तीन चुच्चा कैले नि हुन्थेनन् | शिप भा'पो चुच्चा पार्नु! म भन्दा सात-आठ बर्ष जेठा थे | तर मेरा जिक्री नै थे| खुबै मिल्थ्यौं हामि| हाम्रा माइला हजुरबाका कान्छा छोरा| नाका'आ टोप्रामा सिगानको सुकुटी जमी राख्थ्यो| त्यसैले मेरा दरौंले स्कुले केटाहरुले "कोट्याम्रे" भन्थे| पछी उनले रक्सि नि राख्न थाले| "डेग"को रक्सि| लोकल भन्दा महँगो तर कडा हुन्थ्यो| अनि जिल्लामै उत्पादिद "मायालु" ब्राण्डको चेप्टे सिसि| रक्सि चकाचक बिक्रि हुन्त्यो|
तिर्थे! तैंले मान्दैनस होला! यौटो गम्भीर कुरो गर्नु थ्यो! मैले प्रस्ताब राखें| के हो भन? तैंले भन्या मैले कैले नमान्या छ र! तिर्थे ले जबाफ फर्कायो| हेर राम्रो नराम्रो भन्ने कुरो त्यस्तै हो! आदत पार्नु पो हुन्न! अनुभब त सबै कुरोको लिनु पर्च! उसले बुझी हाल्यो! भो यार! रक्सि त नखानी! बरु गाँजा भन ! यत्रा गाँजा नि! कुरो यौटै त हो नि! आज चाख! फेरी कहिल्ले नि नखालास के! पैसा म सँग छ| त्यो जाबो घटिया खाले मौवाको दश रुप्पे गिलास बाला भन्या हैन के! पैंतीस रुप्पे जानी मायालु चेप्टे सिसि| पैसाको चिन्ता नगर मैले ब्यबस्था गर्या छुँ| सायद म सँग मावलबाट टिको लाएर दक्षिना कमाको पैसो थ्यो क्यारे! उसले मानेन| ओई मु* घँ'अन्डी नगर न यार! हेर साँझ टेके अंकलका बाट अरुकै नाम पारेर मैले सुटुक्क किन्छु|(हाम्रो लागि भनेपछि उनले दिने थिएनन्)| अनि भरे चट्ट खाएर बुड्'चौरा रोमाखरको लाखबत्तीको राम हेर्न जानु पर्च! टेस पर्च मु*! त्यस दिन बुढीचौर रोमाखरका घर लाखबत्ती ला'का थे| भजन किर्तन के के हो लास्टै राम हुन्थ्यो| खुब मजा लाग्त्यो त्यस्तोमा जान| अब तिर्थे गल्यो| खान त खानि तर जाद्रै नमिठो हुन्च रे| त्यस्तो फ्वाँस्सै गनाउँच| सकिएला त खान? ह्या!!! आँखा चिम्म गर्नी घुटुक्क निल्नी त हो नि! कुरो पक्का भो| रक्सि खाने भैयो|साँझमा गएर पदममामा (छन् गाउँमा एक जना जंडीक्स)ले पठाका एक बत्तल मायालु दिनुस भनेर अंकलका होटेल बाट रक्सि फुत्क्याईयो| अब सितन पो के गर्नु! झ्यासमा मायालु लुकाएर घर गएँ| अनि भात खाइसकेपछी दिउसो अर्नी बना'को सुक्खा रोटि बँच्या र'च| स्यालले चल्लो टिपेजसरि टिपेँ | अनि झ्याँस बाट मायालु बोकेर थापा'आ पोखरी तिर हुरुरुरु रन्किएँ | तिर्थे नि खाना खाएर आइसकेको र'च| तल्लार्या (तल्लाघरे) बारी तिर दौडिम| अनि त्यतै बसेर सुक्खा रोटि सँग जबर्जस्ति यौटो "मायालु" चिरिप्प|
हल्का रमरम भएजस्तो लाग्यो| तर हाम्लाई लागेको कस्तो हुन्च भन्ने खासै थाहा थिएन| कैले काहिँ त लाग्थ्यो यो खाएपछि त्यत्तिकै लागेको जस्तो नाटक गर्नी हो या गर्नु पर्ने हो | लाग्नी साग्नी केइ हुँदैन | मान्छेले आ-आफ्नो गच्छे र दम अनुसारको नौटंकी गर्छन| हाम्ले नि त्यसै गरिम| अब हाम्लाई नि लायो| उस्तै परे चाहीम भने आफुलाई मन नपर्या मान्छेलाइ नामै काढेर आमाचकारी गालि गर्न पाइने लाइसन पाइम| उर्फ रक्सि खाइम| तर पनि आफु भन्दा ठुला सँग त भाग्दै हिंडीन्थ्यो| आफ्ना दरौंले सँग भने सान् झारिन्थ्यो| मलाइ नजिस्का है!!! रक्सि खा'छुँ!!!
अब फुर्ती आयो गजबले! हिँडियो रोमाखरका घरतिर| मान्छे टन्नै जम्मा भ'का थे| रमाइलो भो खुबैसित| भजन किर्तन तरुनी तन्नेरी नाच आदि इत्यादि के के भओ के के भओ | बहुत रमाइलो भओ | हाम्लाई त अझ लास्टको पार्ट सबै भन्दा मन पर्थ्यो| "मोहनभोग" खाने टाइम| अँध्यारोमा स्वारे द्वारे हरुले टपरीमा हलुवा ले'र आउँथे| अनि यित्ति-यित्ति हातमा हाल्दिन्थे |प्रसाद भन्दै सार्है मिठो मानि-मानि खाइन्थ्यो | प्रसाद दोहोर्याएर खान हुँदैन भन्थे| तर आफुलाई उधुमैसित फेरी यित्ति भए नि चाख्नी मन लाग्थ्यो| त्यसैले कुक्रुक्क बसिन्थ्यो भिडमा| अनि टोपी खोलेर घुँडामा लगाइदिईन्थ्यो | घुँडा मुनि बाट हात छिराएर ह्याँ भाइ ले हात थाप्या छ! यसले प्रसाद पा'छैन! भनेर डबल भाग खाइन्थ्यो|
त्यसदिन खै कसरि हाम्लाई पो जिम्मा दिए आधा उधि बाट प्रसाद बाँड्न| टपरीमा प्रसाद लिएर तिर्थे र मैले बाँड्न थालीम| बाँड्दा बाँड्दै खुस्स करेसापट्टी गइम् र कपाकप प्रसादको बुजो हाल्न थालीम| पल्तिर नरिश्वर बाज्या गोठमा गइम् र गोबर टपरीमा हालेर फेरी सुरु गरिम प्रसाद बाँड्ने कार्य! सुरुमा त दुइ चार जनाले खाए अँध्यारोमा| कतिन्जेल लुक्थ्यो र त्यस्तो कर्तुत! टपरी सपरि त्यतै मिल्काएर फरार! चम्पट भागेर घर आएर सुतियो|
परसाद थप्नी उपध्रो गर्न कम्ता मजा आउथो यार
ReplyDeleteउपद्रया नै रचौ नि :)
ReplyDeleteअझ टोपी भित्र पसाद र अचार लुकाउदा खसेर इज्जत गएको पनि सम्झना छ होला!!??
ReplyDelete
ReplyDeleteगजब नं ५