7/5/12

तिर्थे "तृतीय अध्याय"

हिउँदमा सारो (दुम्सी)ले हैरानै खेलाउँथ्यो| आलुको त सर्बनाशै हुन्थ्यो| सारो नि अचम्म कै हुन्थ्यो| जहिले ढुकेर बस्यो तहिले नआउने, जुन दिन आफु मस्त सँग सुत्यो त्यसको भोलिपल्ट आलुबारीमा खोपिल्टै खोपिल्टा मात्र हुन्थे, साराले खोर्सेको| कुन त गाउँमा पानीको अभाब! त्यसमा नि बल्ल बल्ल दुख गरि गरि पानी बोकी बोकी चारेर हुर्काको आलु साराको आहारा! रिस त यस्तो उठ्थ्यो कि साला!सारो समात्न पाए त काँडा नि नफाली चपाईदिन्थेँ! तर समात्न सक्ने हैन त्यो छट्टु सारोलाई | भन्न त जे भने नि भओ| हुनपनि एक्लो दोक्लो त बिरलै आउने नि| सधै जाहान परिबार सहित आउँथ्यो| कैले कहिँ फेला नि पर्थ्यो| तर रातिमा कता कता लखेट्नु ! छिस्रिक्क भाग्थ्यो| उसैले जित्थ्यो| हामि हिस्सै|

तल्ला कर्सा(करेसा) तिर ठुलो बारी थ्यो| कर्साको पिंढी नाघेपछी सिधै बारी सुरु| त्यसमा एक आँतर जति आलु, गोपी, मुला, गाजर आदि लगाइन्थ्यो|  आलु अलि हुर्केपछि साराले सत्यानास पार्थ्यो| एक दिन हैन दुइदिन हैन ... हैरानै भयो| आलुको त बिउ पनि उबाल्दिनी भयो| एक दिन तिर्थे र मैले सारो ढुक्ने निधो गरिम| घरको अगाडिपट्टी मुलढोकाको छेउँमा ठुलो खाट(टाँड) थ्यो| अचेलका डबल बेड भनाउदा खाट भन्दा ठुलो| तल्लो कर्सापट्टी आधा गारोले छेकेको थ्यो| त्यै खाटमा रातभर बिउँझीनि र साराको दोहोलो काढ्ने | प्लान बन्यो| मेरो प्लान पहिला हजुरबा लाइ सुनाएँ| हजुरबाले सुरुमा त खिस्रिक्क पार्दिनु भयो| तिउँर मु*ले ढुक्यौ सारो ! तर हाम्ले बिस्वास दिलाइम हजुरबालाइ| अनि बेलुकीको भात खाएर बाहिर खाटमा ओछ्यान लगाइम| माथिपट्टी बाट उज्यालो बाहिर नजाओस भनेर कम्मलले छेकिम| जोगीको कुटी जस्तो बनाइम र बसिम ढुक्न सारो| लाल्टिनमा फुल ट्यांकी मट्टीतेल भरिम| राति निद्रा नलाओस भनेर काँचा बेल्ती(बेलौती/अम्बा) र नुनखुर्सानी पिसेर ठिक्क पारीम| बेल्तिका लोभले भए नि निद्रा नलागोस भनेर| खैनी अलि कडा पार्नलाई खुर्सानीका छेकटा नि मिसाइम| ओंठमा हालेसी तुरुक्क पारोस ! निद्रा भगाओस भनेर| घरका अरु नसुतुन्जेल त पढेको जस्तो गरियो | जब घरका सुते तब तिर्थेले झोलाबाट तासका गड्डी निकाल्यो| अनि सुरुभयो तासको घमासान| बेला बेलामा सारो आयोकी भनेर मुन्टो बाहिर निकालेर हेर्थिम| सारो आ'को हुन्थेन| अनि हामि फेरी तासमा मस्तराम| तास खेल्दा खेल्दै उज्यालो बनाइयो| तर आज सारो आएन|
भोलि पल्ट ब्यानै यस्सो बारीको निरिक्षन गर्चम त आलु त सत्यानास! हाम्रो होस् उड्यो! अझ आलुबारीमा त सिरक् पो छ!! रातभरी सारो ढुक्या रे! आलु को सर्बनास ! अब के जबाफ दिने घरकालाइ! के जबाफ दिने हजुरबा लाइ!
हजुरबाको यौटो बानि सार्है ठिस् थ्यो| बुढा कहिल्लेई कपडा लाएर नसुत्ने| सधै चरनाम नांगै| अनि राति पिसाप लाग्यो भने लुत्त बार्दलीमा आए अनि तुर्क्याईदे त्यै तल्लाकर्सा को आलुबारीमा| बुडाले त्यस रात नि तुर्क्यौन बार्दलीमा आ'का र'चन, यस्सो हेर्दा त साराले आलुको घोर बलात्कार गरिराको! बुडाको पारो उम्लेच| ल्वात्त भित्र छिरेचन अनि आफ्नै सिरक ल्याएर हुर्र्याईदेचन सारो माथि| सिरक तल झरुन्जेल सारो त दम्पट ठोकीहाल्यो| बुडाको सिरक त्यो सितले निथ्रुक्क पर्या आलुबारीमा चङ्ग्रङ्ग ! अब पो बुडा खङ्ग्रङ्ग !! भ'को सिरक बारीमा हुर्र्याईदिई हाले! लिन जाउन बुडा चरनाम नाङ्गै! जाएँ कता फालेर सुत्या थे, अँध्यारामा पत्तो पाएनन्| आखिरमा बुडाले बिना सिरक रात छर्लंग पारे|
अर्का दिन उठेर हजुरबाले "थुक्क मु* जाँ* हरु! खुब ख्याँ*चु भन्दै थ्यौ त! ख्याँ*यौ? भन्दै एक झोंक मायालु पाराले थर्काए | हामि घोसे मुन्टो लाएर बसिम| त्यसदिन देखि सारो ढुक्न बसिएन| 

6 comments:

  1. छोटो लेख्न नप्पाई | अनि तिर्थे factor अलि मिस्सिंङ भो के | :D

    ReplyDelete
  2. खास "तिर्थे" लेख्नु को मेन् मेनु अझै बाँकी छ| यी त उ संगका झिनामसिना तर सम्झन लाएक मात्र लेखेको:)....

    ReplyDelete
  3. अर्को अंशको पर्खाइमा...

    ReplyDelete
  4. त्यो तिर्थेलाई भेट्नी मन भओ क्या लेख्छौ यार तिमी । टाँडलाई हाम्रो तिर फलेंचा भन्थे , अहिले त बनाउनी चलननै हरायो ।

    ReplyDelete
  5. मैले पनि एक पटक सबैले खैनी खाएको देख्दा रहर लागेर, असारका बेला खेतमा हली दाई संग मागेर बिजुली खैनी खा'को, साम्दै गरेको खेतमा फेन्ट भएर ढले... :)) त्यो पछी कहिलै टेस परेन त्यो जात... :))

    ReplyDelete
  6. ल्या, अघिल्लोमा हुनु पर्ने कमेन्ट यसमा परेछ... :-/

    ReplyDelete