संगत सानै देखि अलि सिनियरहरु सँग थियो|
यौटा
भ्रम पनि थियो र महत्वाकांक्षा पनि| ठुलाहरुले आफु सँगै
मिसाउँदा होस या अलि आफ्नै लेबलले बोलाउँदा आफु नि हलक्कै बढ्या जस्तो अनुभब
हुन्त्यो| त्यसबेला अरु बाँकी आफु समानकालाइ नि भाउ दिईन्थेन|
आफु ठुलो
मान्छे जो भइएको छ! सायद ति सिनियरहरु पनि त्यसरी नै हुर्केका थिए|
तिनका
तालमा ताल मिलाउनलाइ खैनी खान पनि सिकियो| सायद म भन्दा अझ पैला
तिर्थेले सिक्यो| अनि मलाइ अझ सजिलो भयो सिक्न|
यती साना
थिईम कि त्यसबेला ... यित्ति माखा'' पित्त जति खैनी अँघिल्लो
पट्टिको तल्लो लहरको दाँतको अँगाडीपट्टी छिस्स कोचार्दा नि ओंठ सुस्केरा हाल्न ला'को जस्तो गरि खिस्स अँगाडी
चोंसो निस्किन्थ्यो| उमेरै सानो, ज्यानै सानो,
ओँठै
सानो अनि तेत्ती जाबो खैनी नि लुक्थेन| खैनिका काला छोक्रा छिस्स
देखिन्थे| तर पिरित्त पिरित्त थुक्न चाहिँ सारै स्वाद पर्थ्यो|
अरुले
खैनी खाएर पिरित्त पर पुग्नीगरि भित्तामा थुक्या देख्दा खुबै रहर लाग्थ्यो|
लाग्थ्यो
कि तिनीहरु त्यसरी थुकेर नै ठुलामान्छे (सिनियर) भ'का होलान|
गाउँमा "बिजली" खैनी को बिगबिगी थ्यो|
तर
"बिजुली"भन्थे| हुन पनि बिजुली नै हुन्थ्यो|
लास्टै
कडो| सुरुवातमा एक दुइ छेकटा बाट सुरु हुन्त्यो| दरौंलेमा कम्पिटिसन
हुन्त्यो| एउटा सिकारुले दुइ छेकटा च्याँप्यो भने आफुले चार छेकटा|
हिरो
हुनु जो थ्यो तिनीहरु को बिचमा | पयन्टको खल्तीमा राख्यो कि
टलक्क घेरो परेर बस्ने| बाहिरै बाट थाहा हुने|
सिक्नु
भन्दा पहिले नै किनियो डब्बा| किनकि ठुलामान्छे सँग
बराबरी हुनु जो छ| कति पटक त कम्पिटिसनका तालमा वाकियो ओभर डोज भएर|
तर सुस्त
सुस्त गर्दा गर्दै अम्मली पो भैयो| नखाए त तुल्बुल तुल्बुल
लाग्ने गाँठे! फेरी कडा पनि कम्ता हो र! ति कलिला ओंठका त धज्जी उडाउँथ्यो|
एक
फ्वांक अगाडी राख्यो| त्यो ठाउँको छालाको एक पत्र चुनले काटेर घाउ बन्यो|
फेरी
यस्सो छेउँ मा सार्यो ... यसै गर्दै दुइ तीन दिनमा तल्लो ओंठ बाट चाहार लगाउँदै
उपल्लो ओंठ हुँदै पुरानै ठाउँ सम्म आइपुग्दा पुरानो डोब पुरिईसकेको हुन्थ्यो| घरमा पिरो तिउन पकाउँदा पो सास्ती हुन्त्यो| मुखमा भातको गाँस हाल्यो कि पिरो तिउन ले खैनिले पार्या डोबमा च्वास्स छुन्त्यो | तलबाट छुलुक्क पिसाब चुहिन्त्यो| रिसले पारो उम्लिन्त्यो| तर क्यार्नु! कसैलाई सुनाउन नमिल्ने पिडा| साला! आँगनका डिलमा भ'का खुर्सानीका बोट सबै निमट्यान्न पार्दीम झैँ हुन्त्यो|
अम्मली त भैयो| तर अब रेगुलर किन्न पर्नी
भो! काँ बाट ल्याउनु त्यत्रो पैसो! दुइ रुप्पे एक मोहोर पर्थ्यो|
त्यति
भनेको हाम्रो हुतिको पैसो थिएन| त्यसैले तिर्थेको र मेरो
सहकार्य भयो खैनिमा | एक डब्बा किनेपछि बाँड्ने| कसैले बिजलिको डब्बा
उघार्यो कि पचास मिटर टाढैबाट गन्धले थाहा पाइन्थ्यो| अनि दगुर्यो कस्तुरीले बिना
खोज्या जस्तो! बिस मिटर टाढै बाट हात पसार्दै गएपछि एक फ्वांक त कसले नदिनी नि हौ!
तर मागेरै नि कति चल्छ र! तिर्थे र म गरिप थिईम| हाम्लाई घरमा फिटिक्कै
मास्नी पैसा दिन्थेनन| पैसा चोर्न कहिल्लेई हिम्मत भएन|
कतिपटक त
फालिएका चुरोटका ठुटाको सुर्ती झारेर नि ओंठमा घुसारियो| तर कोक्काएर उधुम! तर
अजिंगरको आहारा दैबले पुर्याउँच भने झैँ हाम्रो समस्याको नि समाधान भयो|
तिर्थेकी
आँबै ले वाल्टर (भिसाखापटनम) बाट ल्याको गुलियो सुर्ती किलो का किलो पो फेला पर्यो|
दाउ
परिहाल्यो| झन्डै २ बर्ष त त्यै चोरेर काम् चलाइयो|
तर खैनी खा'को हाम्रो सर्कल भन्दा
अरुले थाहा पाउन हुन्थेन| घरमा कुरो पुग्ने त कुरै
भएन| सधै घर पुग्ने बेलामा अलि वरै बारीमा माटोले पुरेर चिनोकोलागि झिंजो
गाडेर घरमा गइन्थ्यो| बरु हाम्रा हजुरबाले जङ्गल जाँदा जनै कानमा
अड्काउन भुल्थे होलान! हाम्ले खैनी लुकाउन कैल्ले भुल्थेनम|
जिन्दगीको
जो सवाल छ!
हिउँदमा ग्वाल गएर चट्ट सान सँग ओंठमा खैनी
च्याँपेर घाम ताप्दै अगाडी लुतुर लुतुर हिंडी रहेका कमिलालाई ताकी ताकी पिच्च
पिच्च थुक्दीन नि खुबै सार पर्त्यो|
ग्वाल सँगै जानी साथीहरु प्राय: खैनी खान्थे|
आफु सँग
नभए नि एक न एक जना सँग पक्कै हुन्त्यो| हाम्रो थेगो नै बन्या थ्यो त्यसबेला " अम्मल भन्ने चिज चाहिँ मागेरै खाको राम्रो रे"
Mr. writer ji, thanx 4 yr post. It reminded me of the childhood days of mine almost two decades back. R U still continuing the habit?? Thank god, I cud leave it!
ReplyDeleteगजब मन पर्यो
ReplyDeletenice one
ReplyDeleteगज्जब धीत फुकाएर लेखेचन । साह्रै टस पर्यो ।
ReplyDeleteTIRTHE KATA CHA ACHEL HUDI ?
ReplyDelete
ReplyDeleteगजब नं २
Detailed writing skill
Delete