सिउनीखोला (हाम्रो खर्यान/डालामुङ्ग्रा अम्रिसा आदि भएको जमिन थ्यो, खोल्साको
रिपा:"घाम कम लाग्ने" पाखो पट्टी) बाट दाउरा ले'र आउँदै थिम| पँधेरा बंगैचा आइपुग्दा
यस्सो माथिपट्टी हेरेको, नरेसार्कीको बारीका डीलमा
बेल्ती(अम्बा) पहेँलपुर्!! ओई जाँठा तिर्थे! बेल्ती हेर तो!!! तिर्थेले एस्सो आँखा
गाड्यो बाटाको माथिपट्टी बारीको ढिकमा| बेल्ती पाकेर पँहेलपुर् !!
म पछी पछी थें| तिर्थे अँघी | तिर्थेले
केहि नबोली ल्वात्त दाउराको डोको बिसायो बाटाको कुनामा| मैले कुरो बुझिहालें| मैले
नि बिसाएँ| दुवै जना अजम्मरी र सिउँडीको
बार नाघ्दै छिरिम बारीमा| पाक्या बेल्ती क्वाप का
क्वाप दार्न थालीम| कति पो खानु र! गोजामा भर्दै
थिम| मकै
बारीबाट लात्रिंदै आएका काँक्राका झालमा तर्ल्याङ् र तुर्लुंङ् काँक्रा!
12/29/12
11/14/12
म नाथे
हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला "त्यो त मलाइ के थाहा!", थाहा नै नभएको कुरो किन उठाउनु !! किन लेख्नु किन जान्नि हुनु !! भन्ने फेरी अर्कै तर्क नि आउला | हो ~~~ यस्तै तर्क र बितर्क आउँदा चाहिँ दिक्क लाग्छ | म काँ 'को हुँला ? को हुँला? के गर्दै हुँला? हुँदा हुँदा पृथिवीको जन्म देखि लिएर हरप्पा र मोहेन्जोदारो को संस्कृति ले फेल खाला | अब कुरो जन्म बाट गर्नु कि संस्कृति बाट गर्नु कि सभ्यता बाट गर्नु कि भाषा बाट गर्नु? कुन पहिले भन्ने कुरो आयो भने यो पनि "कुखुरो पहिला कि अण्डा पहिला" जस्तो होला |
8/12/12
तिर्थे: "सप्तम अध्याय"
भदौको सुरुवात थियो| बारीमा मकै पाक्ने बेला भएको थियो| कसैका पाकिसकेका थिए | कसैका पाक्दै थिए| कोहि मकै भाँच्नको लहबरीमा थिए| हाम्रा नि मकै स्याहार्नको लहबरी थियो| हामि चाहिँ पार्टिका बच्चे कार्जेकर्ता थिईम| जाँ जे कार्जेक्रम भए नि हाम्रो हाँजिरी पक्का थियो| भदौ को एक र दुइ हो कि यस्तै मा देश ब्यापी आम हड्ताल थियो| दुइ दिन नेपाल बन्द | त्यसको अघिल्लो दिन साँझमा खलङ्गामा ब्यापक मशाल जुलुश थियो| मशाल जुलुश सहित बजार परिक्रमा अनि कोणसभा | अरे भाइ! हामि उपस्थित नहुने त कुरै भएन|
7/22/12
तिर्थे "षष्टम अध्याय"
मैले एक दुइ चुस्की लाइसक्या थें पहिले नै| त्यसैले त्यसको स्वाद र व्यहोरा थाहा थ्यो| तर तिर्थे भने अनभिज्ञ थ्यो र अनभिज्ञ नै रहन चाहन्थ्यो| धत्! अरु सबै गर्नी तर रक्सि चाहिँ खानु हुन्न !! भन्थ्यो| न त हाम्रो समाजमा पच्छ न त त्यसले राम्रो नै गर्छ! त्यसैले सबै गरम तर त्यो चाहिँ नखाम भन्थ्यो| बरु गाँजाको स्वाद खुबै लिई सक्या थ्यो| कैले काहिँ पार्द्या दामे सँग लाएर द्वार्या बारीको कुनामा बसेर प्वांक प्वांक गाँजाको कस नाका'आ पोराबाट फालिन्थ्यो| अनि मैरो (तुलसीको मठ)बाट दुइ चार पत्ता चुँडेर चपाउँदै भित्र पसिन्थ्यो|
7/19/12
तिर्थे :"पन्चम अध्याय"
गोजाँ खैनी खानि पैसो त हुन्थेन, बाँकी फुर्मासका के कुरा भयो र| तर नि मनका र दिमाखका गरिप थिएनम |तेसैले पैसा नभएनि जुक्ति ले काम् गर्थ्यो| एक दिन पकौडा खानि मन लाएर हुरुक्कै भयो| ग्वाल: गएको बेलामा तिर्थेले भन्यो~ साला भट्टराइका पकौडा पाउनी हो भने त पचासोटा दन्काइ दिन्थें! (भट्टराईको होटेल थ्यो, पकौडा, च्या, छोले, चिउरा,रक्सि बेच्थे)| मलाइ नि पकौडाको कुरो सुनेर घिटीक्क भयो| मुखभरी थुक आयो| भित्ताको माटो नै कोपरुँ जस्तो भयो| पकौडा खानि मन त लायो| लागे पछी लाग्यो लाग्यो! तर कसरि पो खानु! पैसाको पो गरिप थिईम हामि | आइडियाका त खुंखार! घनघोर छलफल चल्यो बगलेओडारका ढुँगामाथि| अनि निस्कर्ष पनि निस्क्यो| अब पकौडा खानि भैयो|
7/16/12
तिर्थे "चतुर्थ अध्याय"
पारि पारि मादल बज्या स्वर सुन्दा मनै च्यु च्यु हुन्त्यो| (हाम्रा तिर औंशी देखि भैलो खेल्नी चलन छैन| तिहारको टिका लगाएपछि भैलो शुरु गरेर चतुर्थी को दिन राति सम्म खेल्ने चलन छ| ) औंशी देखि बल्ल रोटि पकाउने तयारि हुन्त्यो| तर हाम्रा घरमा सधै अल्छी पारा हुन्थ्यो| जाबो रोटि जैले खाए नि त हुन्च नि! के त्यारै आउन पर्च र! भन्थे| तर सबैका घरमा त्यारमा रोटि पका'को बासना ड्वा(गहिरो परेको बाटो) सम्म आउँथ्यो| घाँटी किक्लिक्क हुन्थ्यो मुख रसाउँथ्यो| हाम्रा घराँ नि अलि चाँडैबाट सुरु गरेनी हुन्त्यो जस्तो लाग्थ्यो| त्याराँ खा'को जस्तो अरुबेला खा'को काँ'ट हुनु! यसपाली अझ ढिलो हुने भएको थ्यो| आमा मावल जाने रे| हाम्रा मामा थिएनन| आमाले टिका लगाइदिने कोइ थिएन| त्यसैले आमालाई त्याराँ माइत जाने रन्को हुन्थेन| यसपाली नि औंशी को दिनमा गएर अर्को दिन नै फर्किने गरि बा/आमा भेट्न मावल जानुभयो| फर्केर आएपछी रोटि पकाउने गरि|
7/5/12
तिर्थे "तृतीय अध्याय"
हिउँदमा सारो (दुम्सी)ले हैरानै खेलाउँथ्यो| आलुको त सर्बनाशै हुन्थ्यो| सारो नि अचम्म कै हुन्थ्यो| जहिले ढुकेर बस्यो तहिले नआउने, जुन दिन आफु मस्त सँग सुत्यो त्यसको भोलिपल्ट आलुबारीमा खोपिल्टै खोपिल्टा मात्र हुन्थे, साराले खोर्सेको| कुन त गाउँमा पानीको अभाब! त्यसमा नि बल्ल बल्ल दुख गरि गरि पानी बोकी बोकी चारेर हुर्काको आलु साराको आहारा! रिस त यस्तो उठ्थ्यो कि साला!सारो समात्न पाए त काँडा नि नफाली चपाईदिन्थेँ! तर समात्न सक्ने हैन त्यो छट्टु सारोलाई | भन्न त जे भने नि भओ| हुनपनि एक्लो दोक्लो त बिरलै आउने नि| सधै जाहान परिबार सहित आउँथ्यो| कैले कहिँ फेला नि पर्थ्यो| तर रातिमा कता कता लखेट्नु ! छिस्रिक्क भाग्थ्यो| उसैले जित्थ्यो| हामि हिस्सै|
6/28/12
"तिर्थे" द्वितीय अध्याय
संगत सानै देखि अलि सिनियरहरु सँग थियो|
यौटा
भ्रम पनि थियो र महत्वाकांक्षा पनि| ठुलाहरुले आफु सँगै
मिसाउँदा होस या अलि आफ्नै लेबलले बोलाउँदा आफु नि हलक्कै बढ्या जस्तो अनुभब
हुन्त्यो| त्यसबेला अरु बाँकी आफु समानकालाइ नि भाउ दिईन्थेन|
आफु ठुलो
मान्छे जो भइएको छ! सायद ति सिनियरहरु पनि त्यसरी नै हुर्केका थिए|
तिनका
तालमा ताल मिलाउनलाइ खैनी खान पनि सिकियो| सायद म भन्दा अझ पैला
तिर्थेले सिक्यो| अनि मलाइ अझ सजिलो भयो सिक्न|
यती साना
थिईम कि त्यसबेला ... यित्ति माखा'' पित्त जति खैनी अँघिल्लो
पट्टिको तल्लो लहरको दाँतको अँगाडीपट्टी छिस्स कोचार्दा नि ओंठ सुस्केरा हाल्न ला'को जस्तो गरि खिस्स अँगाडी
चोंसो निस्किन्थ्यो| उमेरै सानो, ज्यानै सानो,
ओँठै
सानो अनि तेत्ती जाबो खैनी नि लुक्थेन| खैनिका काला छोक्रा छिस्स
देखिन्थे| तर पिरित्त पिरित्त थुक्न चाहिँ सारै स्वाद पर्थ्यो|
अरुले
खैनी खाएर पिरित्त पर पुग्नीगरि भित्तामा थुक्या देख्दा खुबै रहर लाग्थ्यो|
लाग्थ्यो
कि तिनीहरु त्यसरी थुकेर नै ठुलामान्छे (सिनियर) भ'का होलान|
6/23/12
6/5/12
"तिर्थे" प्रथम अध्याय:
भँडारिबारिको तिर्थे। रिस्तेमे तो ओ मेरा अंकल लगता है! तर बच्चै बेलादेखिको साथी। साह्रै ढिपिबाल थ्यो। उस्को कुरो मात्रै सही। हुन त म पनि काँ कम र! त्यसैले त जमेहोला नि हाम्रो जोडी। दिन्भर सँगै खेल्यो, दिनमा २-४ झ्वाँक झगडा परेन भने त के स्वाद भयो र! तर झगडा जत्ती गरेनी तत्कालै मिलिन्थ्यो। मत्लब दुबै लाई थाहा थ्यो साथीको महत्व र आफु माथि पर्दा हुने अहमता ।
खोपामा राख्या सलाई टिप्क्यायो अनी हिँड्यो चौर तिर या द्वार्या बाँझो बारीतिर । जाएँको गोजाँ यौटो खिल(फलामको किला) कहिल्ले छुट्थेन । अनी सलाइको काँटी खोल्यो खोर्सामा बेर्यो , सुक्या मुढामा खिलले सानो दुलो पार्यो , त्यस्मा काँटिको बारुद भरेर गुटुमुटु पार्या डल्लो घुसायो, फेरी खिल कोच्यो अनी ढुङ्गाले ड्याङ्ग पड्कायो। पोलिस्टरका सर्ट त चाल्नो बन्थे, तर पड्काउनुको मजा मा कस्ले ख्याल गाह्रोस त्यस्ता चाल्ने कमिज।
खोपामा राख्या सलाई टिप्क्यायो अनी हिँड्यो चौर तिर या द्वार्या बाँझो बारीतिर । जाएँको गोजाँ यौटो खिल(फलामको किला) कहिल्ले छुट्थेन । अनी सलाइको काँटी खोल्यो खोर्सामा बेर्यो , सुक्या मुढामा खिलले सानो दुलो पार्यो , त्यस्मा काँटिको बारुद भरेर गुटुमुटु पार्या डल्लो घुसायो, फेरी खिल कोच्यो अनी ढुङ्गाले ड्याङ्ग पड्कायो। पोलिस्टरका सर्ट त चाल्नो बन्थे, तर पड्काउनुको मजा मा कस्ले ख्याल गाह्रोस त्यस्ता चाल्ने कमिज।
शब्दमा भन्दा "क्या टेस पर्थ्यो"|
Subscribe to:
Posts (Atom)