आफ्ना गोजाँ दाम नहुनी, बाउका गोजाँ मन नहुनी। यसै गरी चल्यो बच्चावाला बाल्यकाल र बयस्कवाला बाल्यकाल। हुन त बाउलाइ पनि आफ्नो छोरो हेन्सम् होस्, हिरो जस्तो होस्, राम्रो राम्रो लाओस्, मिठो मिठो खाओस् भन्ने त लाग्दो हो केरे! तर के ले रोक्दिन्त्यो कुन्नी अलीकती पैसा खर्च गरेर चिटिक्क पार्दिन! त्यै नि आफ्नो तर्फा'ट त सक्दो खर्च गरेकै थे होलान्, मागै चाइनी भन्दा बढी भएसी उनको नि के लाओस् र बरा !
उसबेलाँ रहरको माग अनुसार आपुर्तीको उचित ब्यबस्थापन नभको यौटा मुख्य बस्तु जुता थियो। बच्चा बेलाँ जुताको वर पाइएन हेर्नुस्। मेरा खुट्टै त्यस्तै हुन् कि बाउले जुतै कमसल खाले किन्द्या हुन् खै! जुन जुता पनि तलुवा बिचवाट चिरिने, अनी आधा देखी अगाडी (औँला पट्टीको भाग) तर्फ चिरिँदै आएर आधा तलुवा फक्लक्क जाने। माथी पट्टीबाट हेर्दा जुता सग्लै ला'छ केटाले। पिँध हेर्दा आधा खुट्टाले भुइँ टेकेको हुनी। हिँड्दा त आफुलाइ फरक परेपनि अरुलाइ फरक पर्थेन, तर चाकलमाडी बस्दा आधा ह्वाङ्ग पर्या जुता आँऽऽऽ गरेर मुख बाइरहेको देखेर मान्छे हाँस्ते, आफु खिस्रिक्क। कति पटक त आफूले भनेको नटेरेका बाउले अरुले तेरो छोराका जुता त ह्वाङ्ग पर्या छन्, किन्दे बिचरालाइ एकजोर! भनेसी नयाँ जुता लाउन पाइन्त्यो।
उसबेलाँ रहरको माग अनुसार आपुर्तीको उचित ब्यबस्थापन नभको यौटा मुख्य बस्तु जुता थियो। बच्चा बेलाँ जुताको वर पाइएन हेर्नुस्। मेरा खुट्टै त्यस्तै हुन् कि बाउले जुतै कमसल खाले किन्द्या हुन् खै! जुन जुता पनि तलुवा बिचवाट चिरिने, अनी आधा देखी अगाडी (औँला पट्टीको भाग) तर्फ चिरिँदै आएर आधा तलुवा फक्लक्क जाने। माथी पट्टीबाट हेर्दा जुता सग्लै ला'छ केटाले। पिँध हेर्दा आधा खुट्टाले भुइँ टेकेको हुनी। हिँड्दा त आफुलाइ फरक परेपनि अरुलाइ फरक पर्थेन, तर चाकलमाडी बस्दा आधा ह्वाङ्ग पर्या जुता आँऽऽऽ गरेर मुख बाइरहेको देखेर मान्छे हाँस्ते, आफु खिस्रिक्क। कति पटक त आफूले भनेको नटेरेका बाउले अरुले तेरो छोराका जुता त ह्वाङ्ग पर्या छन्, किन्दे बिचरालाइ एकजोर! भनेसी नयाँ जुता लाउन पाइन्त्यो।
नयाँ जुतामा फेरी अर्को समस्या हेर्नुस्। नयाँ जुता लाएर कामैले कतै गैयो या स्कुलै गैयो भने नि साथी तथा आफूभन्दा ठुलाले नयाँ जुता लाएर देखाउन आ'को रैच! भन्दा मन खिस्रीक्क हुनी। त्यसैले घरबाट नयाँ जुता लाएर गएसी अली पर पुगेर जुतामा मस्तले माटो घसिन्थ्यो। ता कि टिलिक्क नटल्कियुन् र नयाँ जुता लाइचस् नभनुन् कसैले।
आफ्ना माग जस्ता सुकै भएनी बाउबाट आपुर्ती जस्तो भ'को छ त्यस्तैले काम चलौनु पर्ने बाध्यता थियो। जुता त अनेक हुन्थे, रहर पनि अनेक। तर लाउन पाउने जुता सिमित। त्यस्तैमा पर्थ्यो यौटा बिश्वकै सादा जुता। प्राय: दुइ-तीन रङमा उपलव्ध हुने ति जुता सेता रङका पितृको दु:ख बोकेका हरुले लगाउँथे सेतै कपडा सँग। निला, गाढा निला त कैलेकाइँ सेतै नै पर्थे आफ्नो भागमा। करिव २५-३० रुप्पेमा पाइने ति जुता सायद बिश्वकै सस्ता मध्य नि पर्थे होला। तर लगाएर हिँड्यो, तलुवा एकदमै पातला हुनाले पिँधमा बुट्टा/गोटी खासै हुन्थेनन्, त्यसैले यस्सो ओरालो बाटो भेट्यो कि सिर्लिक्क साइँलीऽऽऽ । अर्का हुन्थे तुना नबान्ने, छेउँ-छेउँमा गेटिस भ'का, भोर्लाका टाटा जस्ता ताँवे रङका। ति जुता लेडिस हुन् कि जेन्स भन्नी पत्तो नलाइकनै २-४जोर फटालियो। आमाका जुता नि उस्तै आफ्ना नि उस्तै। ति पनि सस्ता बलिया हुनाले घरेलु आपुर्ती बिभागका रोजाइका जुता नै थे। तर सबभन्दा घटिया लाग्ने जुता भनेकै हरिया केन्भास जुता। जुन पुलिस आर्मीले नि लाउँथे, त्यसमा हाफ र फूल हुन्थे। फुल आर्मी पुलिसले लाउँथे। हाफ गाउँका लगभग सबै बुढापाकाले। गाउँका केटाहरुले नि प्राय तिनै हरिया फुल लाउँथे, आफुलाइ नि कम्ता रहर थे'न ति फुल जुता लाउनी! तर क्यार्नु, अभागी खप्पर! बाउले फेरी सधै तिनै हाफ जुता ल्याइदिन्थे अनी मिसाइदिन्थे तोर्पे बुढाहरुको ग्याङमा। हजुरबाले पनि सधै तिनै हाफ जुता लाउनी, नातिले पनि त्यै। सबैभन्दा धेरै तिनै हाफ जुता लागाइयो, फुलको रहरै रहरमा। ति हाफ केन्भास लगाउँदा सधै आफुलाइ आउटडेटेड फिल हुन्थ्यो र हिनताबोध हुन्त्यो। हाफको ६० रुप्पे जति र फुलको ७५-८० रुप्पे जति पर्ने ति जुता १५-२० रुप्पेको फरकले नै फुल लगाउन नपाइ रहर मेटियो।
बजार पिट्ने गोट्टीवाला जुताको त कुरै नगरुम् हजुर! बजारका साथसाथै मुटु पिट्या छन् तिन्ले। सपनामा कैयौँ पटक हिँडियो गोटी जुता लाएर गड्याप गड्याप। ७ गोटी र १४ गोटी। ७ गोटी अली सस्ता, १४ गोटी अली महङ्गा। सायद ९०-१२० जति को हाराहारी हुँदो हो। गाउँका केटाहरुले गोटी जुता लाएर हिँडेको देख्दा कैलेकाइँ त मा'स्साल्ला !!! चोर्दीम कि क्याओ कसैका जस्तो लाग्त्यो। तर क्यार्नु चोरेर ! ल्याएर राख्नु पर्ने घरमै हो। काँ'ट आए यी जुता भनेर कुटाइ खाइएला भन्नी डर, फेरी चोरे नि घरभित्र लाउने कुरो भएन, लगाएर बाहिर निस्के पत्तो लाइहाल्नी। थेन हुजुर कुनै उपाए। यत्रैसिती भनेर हापियो। कैले आश नि गरिएन घरकाले किन्देलान् भनेर। मनमनै रहर तुहाइयो।
अनी स्टार जुता नि आथे आउन त, तर ति रहर लाग्न नपाउँदै बजारबाट हराए। काला जुताको छेउँमा तारा भका। तिनका दाम नि १०० रुप्पे भन्दा बढी हुनाले आश गरिन्थेन।
गाउँका जिम्मालका छोरा सर थे, उनले लगाएका वारियर जुत्ता !! आम्मोइ नि हऔ! ति जुताले बाटोको धुलोमा बनाएका डाम पछ्याउँदै हिँडिन्त्यो। कम्ता भव्य लाग्ने थेन ! तेस्ता जुताको आश गर्नु कसरी र !! समय बित्दै जाँदा एक खाले अचम्मका खत्रा जुता देखा परे। गाउँमा त सायद कसैले लाउन भ्याइसक्या थेनन् । तर मेरो नजराँ छिरे ति जुता। यति मन परो किऽऽऽ रात दिन बिहान साँझ तिनै जुताको मात्र कल्पना आउन थाल्यो। यस्ता खत्रा जुता लाउनु काँ'ट ! अइले सम्म १०० बाट उकालो लाको रेकर्ड छैन, एकैचोटी ५-७ सौ या कति हो कति के था' ! जुता चाइँ खत्रै थे हेर्नुस्। जुताको अगाडीको चुच्चो सबैभन्दा दामी। बोकाले बाख्री सुँघेर सन्किँदै माथील्लो ओँठ उचाल्या जस्तो तलुवाको टुप्पो अगाडी आएर पुर्लुक्क उचालिएका सार्है सेक्सी जुता। कता कता बाट दामको मेसो नि पाइयो, जम्मा ढाइशय रे !! आम्माम्माम्मा होऽऽऽ ढाइ शयमै यस्ता खत्रा जुता !!! अब प्लान बन्यो केटाको। अनि पेश भयो बाउको अगाडी। जुताको मुल्य २५०/-, करिब ३ जोर जुता बराबर एकजोरको मुल्य। बुआ! मलाइ 'गोल्डस्टार' जुता चाइयो। ति किन्दिनु भओ भने म दुइ बर्ष जुता चाइयो भन्दीन। कस्ता जुता हुन् त्यस्ता ? बुढा बम्के। ढाइशय जति पर्च, म डरौँदै भनेँ। बुढाको पारो चढेर शीर सम्म पुग्यो। ईईईईईस् लाउँचस् त्यति मङ्गा जुता ! भन्नी भाव सहित निशब्द अर्कोपट्टी फर्के बुढा। त्यो ढिपी मैले छोडिन। घरमा मधेस आन्दोलन सुरु भयो। मेरो एक सुत्रिय माग सहित। अन्तत केही महिना पश्चात गृह सरकार झुक्यो। एकदिन साँझ बुढा जुता सहित उपस्थीत भए घराँ। लौऽऽऽ यीनी त गोल्डस्टार हैनन् त !! स्याला !! गोल्डस्टार जस्तै जस्तै तर अली अन्वार नपरेका Winner विनर भन्ने जुता आ'रैचन् बजाराँ, तर उस्तै मुल्यमा। हैन यी त! साट्देउ बुढा भनेको यत्रो मान्ते!! सिँह जस्तो गर्जेर गाली दिए। जुता लगाएँ, बुढी औँला भन्दा बाँकी तिन औँल जति बँच्यो। केटो भन्दा जुता ठुला ! यत्रैसिती भनेर लफ्रयाङ लफ्रयाङ पार्दै गोल्डस्टारको धित मारेँ। मैले ति जुता फटाउन्जेल गाउँका केटाहरुले बोसीनी का फमवाला सेता जुता लाउने भैसक्या थे। मुल्य त ६-७ शय रे ! ति जुतामा त पैसैको कारण रहर लागेन। तर त्यसपछी गोल्डस्टारको फेसन छायो गाउँभरी। केही थान् गोल्डस्टार फटालियो। पछी त अरु जुता ल्याइदेलान् भनेको गोल्डस्टार नै ! जाबा गोल्डस्टारको भ्यालु तिनै हरिया केन्भास जुता सरह भयो।
केही बर्ष अँघी भारततिर घुम्न गको। गोल्डस्टार क्रेज देखेर अचम्म लाग्यो। अफिसका कर्मचारी गोल्डस्टार जुता लगाएर शानका साथ उपरखुट्टी लाएर फिरफिर् खुट्टा हल्लाइरका। बसका डाइवरका खुट्टामा गोल्डस्टार। गोल्डस्टार लगाउनु भनेको त शान रैच त्याँ। देल्ली-आगरा बसमा टुरिस्ट गाइडले टिप्स माग्दै थ्यो, दिने जाँगर गरिएन, ताजमहलको टिकेट घोटाला गरियो(बिदेशीलाइ ७००, भारतीलाइ २० रुप्पे, भारति बनेर २०को काटियो) काउन्टरमा उजुर गर्दिन्चु, टिप्स नि दि'नस्, टिकट घोटाला नि गरिस्! भन्दै थ्यो, पैसा नभको, प्लान अनुसार घुमाइ नभकोले पछी सहयोग गरम्ला भनेँ, उसले भन्यो: ठिक छ, नेपाली र हामी त एकदम भाइभाइ, के ठुलो कुरो भओ र ! म पछी बुढी लेर घुम्न आउँछु नेपाल, गोल्डस्टार जुता किन्नु छ। सहयोग गर्नु घुम्न! हस् भनेँ, फेरी याद दिलायो गोल्डस्टारको क्रेज। देल्लीमा आर्ट मटेरियल दोकानमा गको, साहु लगायत कामदार सबले नेपाल जाने सुन किन्ने, अनी गोल्डस्टार जुता किन्ने योजना बना'को सुनाए। फेरी छक्क परियो। त्यसपछी त आँखा नै मान्छेका खुट्टातिर जान थाले। यस्ले गोल्डस्टार जुता ला'छ कि अर्कै भनेर। फाट्टफुट्ट देखिन्थे गोल्डस्टारवाला।
दशक नाघेर नि अझ केही बर्ष कटिसक्या थ्यो गोल्डस्टारले मेरा पाउ स्पर्श गर्न नपाको। पुरानो मोयाँको याद आयो, अनि फेरी एकजोर गोल्डस्टार हालियो। भाउ नि दोब्बर भन्दा माथी लागिसकेच। तर जुता भनेका गोल्डस्टार नै हुन्, घाम पानी हिलो धुलो सबैमा सुहाउने।
आम्मोइ नि हऔ ...... यो सब्द आगन्तुक लाग्यो अनि बाकी सबै दमदार
ReplyDeleteआज ब्लक तिर नि पसियो है ।
ReplyDeleteबौत नाम्रो लाओ!
ReplyDeleteरामेश कोईरलाको एउटो कमेन्ट् ट्वीटले ह्याँसम्म ल्याईपुर्यायो। 🤣
ReplyDeleteDaju big fan! Gajjab lekhnu bho.
ReplyDelete