6/14/13

तिर्थे "दशम अध्याय"


सानो छँदा जे जती उल्फट्याङ् कार्य गरियो-गरियो। उमेर चढ्दै गएसी उल्फट्याङ कार्यमा जाँगर मर्दै गयो। बाध्यता परिस्थिती र कर्तब्यबोधले थिँच्दै पनि गयो। तिर्थे लाउर गयो । लाउर बाट आएपछी महेन्द्रनगरमा होटेल खोले तेस्का मामा-भाज्ना मिलेर । उस्को र मेरो भेट त के सम्झना नि नहुने गरी टाढा भैयो । उ आफ्नै काममा बिजी हुन थाल्यो म आफ्नै । 


महेन्द्रनगरको नयाँ बसपार्क : तेतीबेला पुरानै चालु थियो। नयाँको लागि खाली जग्गा मात्र राखिएको थियो। कुनै पूर्वधार थिएनन । तै पनि पूर्वतिर बाट जाने बसहरु नयाँ बसपार्कमै राख्थे । कर्णाली नदी  देखी पश्चिमको बाटो बन्ने क्रममा थियो। पुरै बनिसकेको थिएन । धेरै जसो जङ्गलको बाटो पर्थ्यो । रातीमा जङ्गलको बाटो जाँदा बाटो बिराएर कहिले कसैका उखु बारीमा पुगिन्थ्यो भने कैले ढुङ्गा गिटी थुपार्ने ठाउँमा । गाडीका टायरको लिक पछ्याउँदै जाँदा कहिले कता कहिले कता। साना तिना खोलाहरुमा पुल बन्दै थिए धमाधम । त्यसैले राती ति खोला तर्दा सार्है गार्हो हुन्थ्यो । पहिले खलाँसी पयन्ट खोलेर खोलो वार पार गरिसकेपछी बल्ल गाडी तारिन्थ्यो। रातिको समयमा के थाहा खोलाको बिचमै गाडी भासियो भने ! पहिलो पल्ट महेन्द्रनगर पुग्दा बडो रमाइलो लागिरहेको थियो। घोराहिबाट महेन्द्रनगर । बसका सबै स्टाफ लगाएत बस नै पहिलो पल्ट महेन्द्रनगर जाँदै थियो आफ्नो रेगुलर रुटको पहिलो यात्रामा। कर्णाली पुल तरेसी कती टाइम लाग्छ थाहा थिएन । रातिको समय । जङ्गलको बाटो । अरु गाडी गूड्दा बनेको लिक पछ्याउँदै जानु पर्ने । पश्चिमी क्षेत्रमा खासै गाडी नचल्ने, त्यस्मा नि राती ! त्यसैले नरोकिई चलियो । जाँदा जाँदा बाटो बिराउनाले पहिलो यत्रामै कसैको उखुबारीमा पुगेर बाटो समाप्त भयो। त्यै पनि बाटो खोज्दै जाँदा बिहानको ४ बजे नै महेन्द्र नगर पुगियो। प्राय गाडीहरु बाटो बिरिने डरले र खोलामा भासिने डरले कर्णाली पुल तरे पछी सुत्दा रहेछन । अनी बिहान पख मात्र बाटो लाग्दा रहेछन ।
बिहान आँखा मिच्दै गाडीको बुनोट बाट उठेर यसो बाहिर चियाउँछु त दाँत ब्रश गर्दै हाम्रो गाडीको अँघिल्लो टायरमा कसैले तोरोरोरोरोर्र मुत्दै पो छ । रिसले भाउन्ने भयो। झ्याप्प ड्राइभरको सिटको ढोका खोलेर 'थुक्क गधा !!' भनेर हप्काउँछु भन्दा त , साला !! तिर्थे पो र'च !!!! 

मैले त चिताएकै थिईन तिर्थे सँग यसरी नि भेट होला भनेर । तर नि महेन्द्रनगर जाने भनेसी नै कुत्कुती लागिरहेको थ्यो । तिर्थे सँग जसरी नि भेट हुनेछ भन्ने आशमा । के थाहा तेत्रो शहरमा कुन कुनामा तेस्को होटेल छ । कुन कुनामा हामी बसिन्च त्यसैले भेट हुन नसक्ने सम्भाबना नि उत्तिकै थ्यो। भरे त उस्को होटेल आफुले पार्क गरेर राखेको भन्दा ठ्याक्कै अगाडि पो र'च । म त कम्सेकम महेन्द्रनगर जाँदै हुनाले तिर्थेको बारेमा सोँचिरहेको थिएँ । तर उस्ले त सपनामा पनि नसोँचेको भयो। उस्लाई सपना हो कि बिपना जस्तो भयो। मैले महेन्द्रनगर आउनको कारण बेलिबिस्तार लगाएँ । उस्को होटेलाँ लएर च्या ख्वायो हामी सबै स्टाफलाई । एक शब्दमा भन्दा 'लास्टै टेस पर्‍यो' । 
उस्कै होटेलाँ भात नि बजाइयो। उसै दिन दिउसो फर्किनु पर्ने थ्यो। त्यै नि दिनभरी घुमियो महेन्द्र नगर । अनी गड्डाचौकी सम्म पुगियो। महाकाली पुल तरियो। उस्बेला तिर आफु त राजनीतिले लछप्प भिजिएको मान्छे । त्यहाँको बस्तुस्थिती देखेर तुरुक्क आँशु नै आयो। तिर्थेले भन्यो : ''म पनि रोएको हुँ पहिलो पल्ट यहाँको हाल देख्दा । लाउर गएर भाँडा माज्दा समेत गोर्खाली भन्दै छाती पिटियो। यहाँ आएर हेर्दा गोर्खाली लुल खस्यो ।''
तेस्पछीका दिनमा त मेरो महेन्द्रनगर जाने रुटिन फिक्स भयो। तिर्थेले नि त्यै अनुसार टाइम मिलाउन थाल्यो । म गएको दिन उस्का मामाले होटेल हेर्थे । हामी घुम्थ्यौँ । तर घुम्नु त के भन्नु र ! गड्डा चौकी तिर बाट आउने टाँगा कुर्थ्यौ। गड्डा चौकी बाट टाँगा आउँथ्यो लाउरे बोकेर । जब महेन्द्रनगर बसपार्कको अगाडि टाँगा रोकिन्थ्यो तब ताँत लाग्थ्यो बसवाला र होटेलवालाको। हाम्रो होटेलमा जाम र हाम्रो बसमा जाम भन्नेले तान्दा मान्छे एकातिर झोला एकातिर बन्दिन्थे । मान्छे भन्दा झोलाको महत्व धेरै हुन्थ्यो। काँ मान्छे घिसार्ने लेठा गर्नु !! त्यो मान्छेको झोला टप्प टिपेर हिँडेसी पछी लागेर नआई सुख !! बस वालाको हालत त्यै । सुर्खेत जाने बसले काकडभिट्टाको यात्रुलाई समेत काकडभिट्टा नै पुर्याइदिन्छु भनेर जबर्जस्ती बसमा कोच्थे । कोहलपुर लगेर छोड्दिने त हो नि, बालै भएन !!। यात्रुहरुको हालत पत्ला हुन्थ्यो। म त नयाँ मान्छे तेती गर्न आउँदैनथ्यो । त्यस्तो गर्नु पाप हो । उनको इच्छा अनुसार होटेलमा जान पाउनु पर्छ र इच्छा लागेको बस चढ्न पाउनु पर्छ भन्थेँ । तिर्थे अली बानी परिसकेको थियो। यिस !!!! जाँठा !! तेस्ता कुरा गर्नी हो भने बस का सिट उखाडेर कुखुराको खोर बना । म नि सौचालयको बोर्ड बनाएर मेरो होटेलको माथि टाँस्चु ! यस्तो खिचातानीको ठाउँमा नियम अधिकार संयमता को कुरो गरेर काम छैन भनेर थर्काउँथ्यो।  
कहिले काहीँ उसै दिन फर्किन पर्थ्यो भने कहिले काहीँ एक रात बस्नु पर्थ्यो । एक रात बस्नु पर्दा अली टेस पर्थ्यो। तर सुत्न सार्है समस्या हुन्थ्यो। लाम्खुट्टे असाध्यै लाग्ने । बारुला जत्रा लाम्खुट्टे । दिमाख् खराप पार्दिन्थे । घोराही बाट साँझ पाँच बजे हिँडेको चिसापानीमा २-३ घण्टा रेस्ट गरेर महेन्द्रनगर पुग्दा बिहान हुन्थ्यो। उसै तेस्पछी टाँगा कुर्दै दिन बित्ने । उसै दिन फर्किन पर्‍यो भने सार्है गार्हो हुन्थ्यो सुत्न नपाएर । हटारु भेटियो भने लास्टै टेस पर्ने । कर्णाली प्रदेश र दैलेख जाजरकोट तिरका जो कोहिलाई हटारु भन्थे । उनिहरु २० जना भन्दा माथिको जत्था बाँधेर कालापहाड भारी खेप्न जान्थे । उनिहरु फर्किँदा एउटा ग्रुप मात्र समात्न पाइयो भने नि एक बस खर्लप्पै भरिन्थ्यो । तिनिहरुको नाइकेलाई फिरिमा खुवाएर मस्ती गराएर रोजेको सिट फिरिमा दिएर ग्रुप तान्थ्यौँ । नाइकेलाई अरु लरोतरो सिटले हुने थिएन । बुनोट कै सिट चाहिने । हाम्लाई नि 'के खोज्छस काना : आँखो' हुन्थ्यो। 
तिर्थे ले अनेक गेस्ट हाउस देखाउँदै बर्णन गर्थ्यो। यो फलानो गेस्ट हाउस । यहाँको महङ्गो मध्यको हो। केटी ब्यबस्था गर्दिन्चन साहुले । कलेज् पढ्ने केटी हुन्चन रे ५०० रुप्पे देखी १००० रुप्पे सम्म लाग्च रे ! म तीन छक पर्थेँ । कती महङ्गो होला !! आखिर काटेर ले'र जानी त हैन होला । अनी पेट भरुन्जेल खानि पनि हैन होला । किन तेती महङ्गो होला भनेर । एक दिन साँझ तिर बालमन्दिर घुम्न गएका थियौँ । नाम मात्रको बाल मन्दिर रहेन्छ । शिबालय जस्तो देखिन्थ्यो। अली एकान्त थियो। यसो हेरेको, केटाहरुको लाइन रहेछ । तिर्थे सँग सोधेँ : के को लाइन हो यो ? , तिर्थे अक्मकाउँदै बोल्यो : पापीहरुको । मलाई झन खुल्दुली लाग्यो । उस्ले बिस्तार लगायो : यहाँ दुई बैनी अनाथ छन । तिन्को घर काँ हो थाहा छैन , बाउ आमा को हुन भन्ने नि थाहा छैन । दिदी चाँही तेस्तै १२-१३ बर्षकी होली । बैनी चाँही १०-११ बर्षकी। मन्दिरको पछाडि लगेर यि पापिहरु पालै पालो भोग्छन । मन लागे दश पाँच रुप्पे दिन्छन । उस्तै परे त्यत्तिकै कुटेर नि हिँड्छन । त्यस्तै गरी गुजारा चलेको छ । कस्लाई थाहा छैन र यो कुरो ! यस्तो हुँदा नि न कसैलाई कारबाही हुन्च न ति नानीहरुको उद्दार !

साँच्चैकै मन रोयो। मुड खराब नै भयो। त्यो साँझ भरी त्यै कुरा नै मनमा खेली रह्यो।
राती म बसमै सुत्थेँ सधैं । त्यस दिन तिर्थे सँगै सुतेँ । उस्को होटल झुप्रे होटल थियो। उस्को होटल एक्लो थिएन । लहरै झुप्रे होटल थिए । सबै एउटा सँग अर्को जोडीएका थिए । राती एक्कासी भुइँचालो आए जस्तो लाग्यो। ज्युरे खाट (खटिया) खटेखटे हल्लिन थाल्यो । हामी जाग्यौँ । के भयो सोँच्नै सकेनौँ । फुत्त बाहिर निस्क्यौँ । बाहिर सुनसान छ । केही छैन । फेरी होटलको खाँबो समात्यौँ लचेलचे गरिरको छ । पक्कै पनि कुनै गडबड छ यहाँ भनेर छाँद मार्न हिँड्यौँ मध्यरातमा । तिर्थेको छोडेर लहरै गन्दा चौथो नम्मरको होटेलको तालामा केही आबाज आयो । भुइँचालोको उद्गम बिन्दु यहीँ हो भन्नि पत्ता लाउन गार्हो परेन । बिस्तारै बोरा पन्छ्याएर भित्र चियायौँ । त्यो होटेल सुर्खेतका दुई दाजुभाइले चलाऊँथे। तिर्थे ले 'खोइ के नाम हो बिर्सेंँ' शोल्टी भनेर बोलाउँथ्यो। शोल्टी भन्दै बिस्तारै बोलायो। भित्रबाट दाजु चाँहीले शोल्टी भित्र आउनुस् भित्र । हाज हाम्ले प्रोग्राम बना'का छम भन्यो। खुसुक्क भित्र छिरिम । द्रिश्य देख्दा म तीन छक परेँ । एक महिला र भाई (दुइ भाई मध्य) आफ्नो कृयामा लिप्त थिए भने दाई चाँहीले छेउँमा बसेर घुटुघुटु थुक निल्दै आफ्नो पालो पर्खिरहेको थियो। तिर्थेले धत ! म सामेल हुन्न यस्तोमा भन्यो। दाजु चाहिँले पैसा तिर्नु पर्दैन सोल्टी । हाम्ले १०० रुपैयाँ तिरेर ल्याको भने । हामी भो हाम्लाई यस्तोमा नमिसाइयोस भन्दै लाग्यौँ हाम्रै होटेल तिर । 


5 comments:

  1. फस्ट टेम पढियो, अब फेरी पुरै पढिन्छ । :P

    ReplyDelete
  2. सारै टेस पर्नी के कम्पनि को ब्लग पढ्दा.. अब अर्को भाग कहिले आउछ ??

    ReplyDelete
  3. राम्रो लेखनी ।

    ReplyDelete
  4. अरु त ठिकै हो अन्तिम को तीन ओटा वाक्य उल्टो होला जस्तो लाग्यो 😂😂

    ReplyDelete