भदौको सुरुवात थियो| बारीमा मकै पाक्ने बेला भएको थियो| कसैका पाकिसकेका थिए | कसैका पाक्दै थिए| कोहि मकै भाँच्नको लहबरीमा थिए| हाम्रा नि मकै स्याहार्नको लहबरी थियो| हामि चाहिँ पार्टिका बच्चे कार्जेकर्ता थिईम| जाँ जे कार्जेक्रम भए नि हाम्रो हाँजिरी पक्का थियो| भदौ को एक र दुइ हो कि यस्तै मा देश ब्यापी आम हड्ताल थियो| दुइ दिन नेपाल बन्द | त्यसको अघिल्लो दिन साँझमा खलङ्गामा ब्यापक मशाल जुलुश थियो| मशाल जुलुश सहित बजार परिक्रमा अनि कोणसभा | अरे भाइ! हामि उपस्थित नहुने त कुरै भएन|
दिनभरी मकै फाँडीयो| साँझ सम्साँझै भात खाइयो अनि घरबाट बन बिरालो भागे जस्तो फुऊ~~~त्त भागियो| साँझ भात खाएसी सधै एक चक्कर खर्क दोकान तिर टहलिने बानीले गर्दा घराँ काँ जान्चस भनेर सोधिने चलन थिएन|
पाँड्या टेके, म , भँडारि बारीको तिर्थे| खर्क जम्मा भईम| दिउसै देखिको प्लान थियो| एकुन्टा लौराको जोहो गरिम| अनि एकुन्टा टर्च लाइट| अनि पछाडिको गोजामा टर्च लाइट घुसारेर लागियो खलङ्गा तिर| करिब साढे दुइ देखि तीन घन्टाको बाटो थ्यो सदरमुकाम खलङ्गा| अल्लारे जोसमा बतास झैँ रननननन बतासिएर खलङ्गा पुगियो| बाटामा मान्छे अरु पनि टन्नै थिए, जुलुसमा भाग लिन जानी| कोहि चिनेका कोहि नचिनेका| तर हाम्रो फुर्ती अर्कै थियो| लाग्थ्यो कि त्यो जुलुशको नेतृत्व हाम्ले नै गर्ने हो| ओई केटा'हो!! भीडाँ'' पिस्सीउला है!! ज्यान जोगाउन पर्च यस्ता बेलाँ त! भन्थे ठुलाबडाहरु | हाम्रो फुर्ती नै बेग्लै! हाम्लाई लाग्थ्यो कि ति हाम्ले समातेका लाठि पुरा भिड काबुमा ल्याउन काफी छन्| डण्डा बर्सौला नि पुलिसले!! भनेर डराउन दिन्थे| यिस जाबा पुलिस !! भन्थिम|
खलङ्गा पुग्नु भन्दा अलि वरै बाटोमा बाँसको भाटामा बोरा बेरेर मट्टीतेल चोपेर ठिक्क पारिएका मशाल हरु बाँडीएका थिए| अब हाम्रा लौरा काम् लागेनन| लौरा सौरा त्यहिँ मिल्काइम| अनि एक एक मशाल बोकिम | तिर्थेले त टाउकामा रुमाल पनि बाँध्यो| मलाइ नि रहर त ला'थ्यो , तर क्यार्नु! रुमाल थे'न| त्यो मट्टीतेल चोप्या बोरो बाँध्न भएन| रातको ९ बजिसकेको थ्यो| मशाल जुलुस शुरु भयो| मान्छे त कति हो कति! बजारको ओल्लो टुप्पो बाट पल्लो टुप्पो सम्म मशालको लहर| हामि के के नै गोल्ड मेडल ल्याउँला झैँ गरि अँगाडी बढ्दै गयौं, अरुलाई उछिन्दै| बिचमा कुसुमटाकुरा'आ टोपे नि भेटियो| अझ अँगाडी बढ्दै गयौं| प्रशासन कार्यालय-जिप्रका भएको क्षत्र तिर मशाल जुलुश बढ्यो| जिप्रका अँगाडी त सयौँ पुलिस आफूभन्दा ठुला लामा भाटा ले'र बसेका रैचन| जब हामि पुग्यौं| तब पुलिस खनिए हामि माथि कालो अर्याँल खनिए झैँ| डाङ् डाङ् र डुङ् डुङ् बजाउन थाले हामि माथि लाठि| सबै जिन्दाबाद र मुर्दाबाद गर्दै भिड्दै थिए| जसको शक्ति उसको भक्ति हुँदै थियो| पुलिसले डण्डा फनननन पार्नी, जुलुशबालाले मशाल रननननन पार्नी| गोसाइँ कमलेले त गतिलै डण्डा भेट्यो| हामि भने कसोरी कसोरी उम्क्यौं| यत्रोलाएच'र! भाटा खाएर हल न चल भैयो भने क्यार्नी नि! हाम्रो पालो भिड बाट लुसुलुसु पछी हट्दै गईम्|
पहिलेकै ठाममा आएर सबै जम्मा भईम| टेके उसकै मावल जानी भयो| त्यतै नजिकै थियो| कुसुमटाकुराको टोपे म र तिर्थे घर फर्किने निधो गरिम रातको करिब एघार बजे|टोपे सँग लाइट थिएन| उसको घर हाम्रो घर देखि करिब २५-३० मिनेट टाढा डाँडामा थियो| उसको घर जानलाइ बाटो नै छुट्टै थियो| पुरै जंगलको अनि अफ्ठ्यारो| सल्लै सल्ला को जंगल| सानो बाटो| सल्लाको पातमा चिप्लियो कि चिम्टाले उठाउने गरि धुलोपिठो भइन्थ्यो खसेर| त्यसैले पहिले त्यसलाई घर छोड्दिने|अनि हामि दुइजना त्यतैबाट तल झर्ने(हाम्रा घर तिर) निधो भयो| तर आन्द्रा चुँडीने गरि भोक लायो| तीनजनाले तीन-तीन रुप्पे उठाइम र भेली र चिउरा किनिम| अनि बुक्याउँदै हिँडियो घर तिर| टोपेलाइ उसको घरमा पुर्याएर हाम्रो घर तिर ओरालो लागियो करिब रातको दुइ बजे|
गाउँ मा सबै सुतिसकेका मस्त निद्रामा थिए| कुनै घरमा पनि उज्यालो थिएन| सबैले टुकी बत्ति निभाएर सुतिसकेका थिए| पुरा चकमन्न थियो| जताततै मकै घारी| बाटो भन्दा अरु केहि देखिंदैनथ्यो| त्यत्रो गाउँमा उज्यालो भनेकै तिर्थ्या र मेरो टर्च लाइट| घर नजिकै (करिब २ सय मिटर) थापा टोल थियो| ति सबैका घरका करेसा हुँदै बाटो थियो| एक तर्फ घर अर्को तर्फ बारी | बिचमा बाटो| थापा''आ गिता को घरको करेसा कटेरजाँदै थियौं| गिता हाम्रो दरौंले थिई| पढ्न जाँगर चलाइन| हुन त त्यसका घरकाले कसैले नि पढ्न खासै जाँगर चलाएनन| घरको काम् गर्ने, हामि सँग डुल्ने खेल्ने झगडा गर्ने यस्तै गर्थी| राम्री थिई| सलक्क परेको शरीर भएकी थिई| तर अलि ब्योरा सक्केकी थिई| छुच्ची थिइ|बैशले उन्मत्त हुँदै थिई| तिर्थे केहि ख्याल नगरिकन अँगाडी बढिसकेको थियो| म पछी पछी थिएँ| खै कसरि आँखा पुगेछन, त्यसको घरको मझेरीको झ्यालको चर् बाट बत्तिको प्रकाश निस्केर मकैबारीको मकैको बोटमा उज्यालो ठोक्किएको| पहिला त केहि ख्याल गरिन तर हिंड्दै गर्दा सोंच्दै गएँ| हैन यों समयमा कसरि उज्यालो त्यहाँ?! ए तिर्थे! ए तिर्थे! गीताको तल्ला कर्साको झ्याल बाट उज्यालो बाइर आ'को छ आँटा! भित्र बत्ति बलिरहेको छ! तिर्थे नि झसङ्ग भयो| हो र! हुन त तेस्की बज्यै होलिन नि! (तेस्की बज्यै बुढी थिईन| ढा'बाएँ बुढी (ढाकाबाङ् बाट बिहे भएर होला सायद ढा'बाएं) भने'सी गाउँमा फेमस थिईन| ब्योरा सक्केकी बुडी| जे पनि बोल्ने| जसको जे पनि चोर्ने हर्रामी बुडी थिईन| बुढी दमकी महा रोगि थिईन| चौबिसै घण्टा ख्वाक ख्वाक खोकेको खोकै| ) के नाप्पियो त! हेरम न एक पटक के र'च खबर! तिर्थे अँघी बढ्यो|झ्यालको छेउँमा गयो र सानो चर् बाट भित्र चिह्यायो| तिर्थे एक्कासि बर्बरायो: हे बरुन्!!! ह्याँ त फिलिम छ फिलिम!!!! म आत्तिएँ| के रै'च खै खै भन्दै मैले नि झ्यालको चर् बाट भित्र चिहाएँ | नभन्दै भित्र त महा फिलिम नै रैच| गिता खाटमा सुतिरहेकी| अँगाडी सानो स्टुलमा बत्ति| सायद निभाउन भुलेकी होलि| भदौरे गर्मि! लगाएको म्याक्सी त सबै गुटुमुटु परेर छातीमा पुगेको | चरनाम नांगै| त्यो पनि हामि तिरै फर्केकी !!! हाम्रो त सानोतिनो सातो नै गयो| तर टुकी बत्तिको उज्यालोले प्रस्ट देखिएन| सुस्त सुस्त औँलो हालेर झ्याल खोलेको त सुलुत्त झ्याल खोलियो| भित्र बाट आग्लो लगाएको रहेन्छ| तिर्थेले टर्च को फोकस मिलायो टिको पार्यो र लगायो| अब त क्लियर देखिन थाल्यो| हाम्ले चित खाइम| हाँसो नि लाइरहेको छ| खै के भयो के भयो | अझै धित मरेन भन्दै मेरो टर्च पनि बालेर दुवै टर्चको फोकस जुधाएर त्यसको शरीरमा नचाउन थाल्यौं| बिचरा लामखुट्टेले क्याउँ क्याउँ गरेर हैरान गरेको थ्यो| त्यसैले लामखुट्टे धपाउँदै निद्रैमा अर्को पट्टी कोल्टो फर्केर सिधा भएर सुति| तर त्यो घांगर तल सारिने| तिर्थे बतुराउन थाल्यो| हे बरुन्! इन्द्रेणी पो पर्दो रै'च लाइट लाएसी त! भन्छ | मैले हाँसो थाम्न सकिन| हाँस्दै लाइट लगाउँदा हल्लेर लाइटको फोकस तेस्को आँखा तिर पर्यो त्यो जागी| अब पर्यो फसाद! भाग्ने कोशिस गर्यौं| तर त्यो को हो? भन्दै उठेर झ्याल तिर आइ| अब भाग्यौं भने त पक्रने पक्का छ| भाग्नु भन्दा शरण पर्नु निको ठानेर, सुस्त झ्यालको छेउँमा गएर तिर्थेले भन्यो "म हुँ"! तिर्थे म भन्दा क्लोज थ्यो त्यो सँग| म पनि छु भन्यो भने अर्को लफडा होला भनेर उ एक्लै भएको बतायो| म एतापट्टी मकैबारीमा लुकें| उसले जिद्दी गरि, दुइ जनाको आबाज सुनिएको थ्यो| यो मध्य राति तँ एक्लै हुने सक्दैन! बरुन् नि छ! तिर्थेले हुने सम्मका कसम खायो | सबै किर्रे हाल्यो| उसले पत्याई| उ फेरी सुत्न गई| तिर्थे र म घर तिर लाग्न थाल्यौं| करेसा कटेर घरको अघिल्लो सुर पट्टी आउँदा त उसकी आमा घरको अगाडीपट्टीको बार्दलीको छेउँ(बाटो पट्टी पर्थ्यो)मा चुरोट तान्दै बसिरहेकी| अब पर्यो महा फसाद! फेरी फर्केर आधि घण्टा घुमेर मकैबारी -बारी घर पुगेर सुतियो| हाम्लाई फिलिम देखाको हुनाले अर्को दिन देखि गीताको नाम "हिरोनी"राख्दिईम| त्यस उपरान्त गीताको नाम हिरोनी भयो| थुप्रै हाम्रो लेबलका साथीले नि हिरोनि नै भन्न थाले| तर तिर्थे र मलाइ बाहेक कसैलाई थाहा छैन कि किन त्यसको नाम हिरोनि भयो भनेर |

प्रतिक्षित । तर पहिलाको भाग भन्दा अलि कम मजा आयो समग्रमा :)
ReplyDeleteभनेर भएन सारै घत पर्यो,चरनाम नाङ्गो सरिरमाथि लाइटको फोकसले टीको पार्दा कस्तो भयो होला,हामी पनि सानोमा राममा त्यस्तै गर्थिम,मुख मुख टीको पारेर बाटै नदिखने बनाइदिने
ReplyDeleteफिलिम गजब थियो होला है ?
ReplyDeleteSo far so good, enjoying the nostalgic flavor of it. More after it gets towards end.
ReplyDelete@Bcarkey
Waiting for rest of the chapters.
ReplyDelete@Bcarkey
ReplyDeleteगजब नं ७ अघि कता एक मीस भएछ। :P
मैले हासो खताउना सकिन अब हे भगवान
ReplyDelete