6/5/12

"तिर्थे" प्रथम अध्याय:

भँडारिबारिको तिर्थे। रिस्तेमे तो मेरा अंकल लगता है! तर बच्चै बेलादेखिको साथी। साह्रै ढिपिबाल थ्यो। उस्को कुरो मात्रै सही। हुन पनि काँ कम ! त्यसैले जमेहोला नि हाम्रो जोडी। दिन्भर सँगै खेल्यो, दिनमा - झ्वाँक झगडा परेन भने के स्वाद भयो ! तर झगडा जत्ती गरेनी तत्कालै मिलिन्थ्यो। मत्लब दुबै लाई थाहा थ्यो साथीको महत्व आफु माथि पर्दा हुने अहमता
खोपामा राख्या सलाई टिप्क्यायो अनी हिँड्यो चौर तिर या द्वार्या बाँझो बारीतिर जाएँको गोजाँ यौटो खिल(फलामको किला) कहिल्ले छुट्थेन अनी सलाइको काँटी खोल्यो खोर्सामा बेर्यो , सुक्या मुढामा खिलले सानो दुलो पार्यो , त्यस्मा काँटिको बारुद भरेर गुटुमुटु पार्या डल्लो घुसायो, फेरी खिल कोच्यो अनी ढुङ्गाले ड्याङ्ग पड्कायो। पोलिस्टरका सर्ट चाल्नो बन्थे, तर पड्काउनुको मजा मा कस्ले ख्याल गाह्रोस त्यस्ता चाल्ने कमिज। 
शब्दमा भन्दा "क्या टेस पर्थ्यो"|

हाम्रो झगडा के बिषयमा पर्थ्यो भन्दा को ठुलो हुनु पर्ने , कसको ढिपीले अर्कालाई लगाम हाल्न पाउने भन्ने नै हुन्थ्यो| ग्वाल: (बस्तु चराउन) सँगै गइन्थ्यो| हल्का भिरालो परेको जंगलको माथिपट्टी तेर्सो बाटो| सार्है पारिलो| हिउँदमा गोरु चराउन जान खुबै रस्ट पर्नी| गोरु तेर्सो बाटोबाट तलतिर लाइद्यो, गोरु जान्छन आफ्नो बाटो चर्न, आफु टिम जम्मा पार्यो अनि सुरु हुन्थ्यो खोपी| कम्ता ठुलो हुन्थेन खोपीको खाल| स्कुलमा हिउँदे छुट्टी भएको बेला दरौंले केटाहरु सप्पै गोठाला| कैले काहिँ मोहोर ठीनि खेल्दा हाताँ पैसो नअट्नी| १०-१२ जना खेलाडी, डण्डा फाइन सबै जोड्दा दुइ पटक लाएर घोल्न पर्नी| कैले कहिँ पैसा हुन्थेन खोपी खेल्न| त्यै भएर धनीमानी (पैसाको) मोहोर या रुप्पे ठीनि खेल्थे| थुक निल्दै के हेर्नु, त्यसैले हाम्रो गरिप पाटि पनि लाग्थ्यो नयाँ खोपी टिम मा| हारेको ले सालको पात बेरेर बनाएको सोलिमा एक सोली चुत्रो जितेकोलाई तिर्नु पर्ने| किनकि हिउँद भरि त्यो पाखोमा चुत्रोको सिजन हुन्थ्यो| कति खानु चुत्रो बनै कालै हुनी गरि पाक्थ्यो| दुइ पाइला अगाडी गए पेटभरी खान पाइन्थ्यो| त्यै पनि खोपी खेलेर जित्या मेहेनतको एक सोली चुत्रो खानुको स्वाद नै बेग्लै हुन्थ्यो| फुर्ती आउँथ्यो पसिनाको कमाइ खाएकोमा| तिर्थे नि गरिब बर्गमा पर्थिम| कैले हारिन्थ्यो एक सोली चुत्रो कैले जितिन्थ्यो| गरिप भए नि दया गर्नी खालका भए पो हुन्च! जाबो एक सोली हारेको चुत्रो नि अर्कालाई सित्तैमा किन ख्वाउनु! भन्ने पाप मनमा बस्थ्यो अनि लुत्त पिँध भरि माटो भर्दिने माथिपट्टी चुत्रो| यस्तै हुन्त्यो हाम्रो दिन चर्या~~~ 
तिर्थे हाम्रा दरौंले मध्ये अलि बेकामे जस्ता थ्यौं| घराँ खासै काम् लाउँथेनन | त्यसको साटो बरु ब्यान चाँडै नै गोरु फुकाइदिन्थे घरका ले| अरु ग्वाला बनमा आइपुग्दा हाम्रो एक चौथाई समय कटिसकेको हुन्थ्यो| त्यस्तैमा एक दिन खै कुन्नि के मा हो दुइटाको मुटाब भयो| अरु कोइ छैनन्| बनमा एक्लै| सबै भन्दा मिल्ने साथी रिसा' उत्पात| आफु नि कम काँ हो ! आफुले नाबोलाउनी, सुरुमा उसैले बोलाओस भन्ने चाहनी, अनि उसलाई बोल्ने अर्थात बोल्नु पर्ने बाताबरण बनाइदिने| सधै यस्तै हुन्थ्यो कैले उसको कैले मेरो| त्यसदिन मेरै गल्ति थ्यो सायद| मैले उसलाई कसरि बोल्ने बाताबरण बनाइँदिउँ भन्ने सोंच्दा सोंच्दै बायो आइडिया आयो| पाध्न आयो त्यै बेलामा| उसलाई सुनाएर हँसाएर भए नि बोल्न लगाउनु पर्यो भनेर लगाको पत्लूनको पछाडीको हर को मायाँ मारेरै भूईंको धुलो नै उड्ने गरि पाधें भन्ठानेको घुँडा सम्म चुहिने गरि ठोस पदार्थ को पो आगमन भै'दियो| बडो ठुलो मिसफायर भयो| उसले सुन्यो| बरु धन्न असली हालत नि थाहा पाएन| एक छिन मलाइ नि आफ्नै हालत देखेर रोऊँ कि हाँसौं भयो| त्यै पनि, पनि अझै रिस नमरेकै बहाना गरि रुन्चे अनुहार बनाउँदै घर तिर लागें|
उसका मेरा खिस्सा यती धेरै छन् कि... ऐले सम्झिँदा लाग्छ तिर्थे ले मैले जति बचपनको मजा कसले लियो होला ! 

2 comments: