5/20/09

मेरो प्यारो चौरपानीः
आफ्नो गाउँ कसलाइ प्यारो लाग्दैन र! जन्मे देखिका सारा सपनाहरु जहाँ बुनिए जहाँ तुनिए...।आहा! त्यो मेरो प्यारो गाउँ चौरपानि।प्रक्रितिले मात्र हैन सामाजिक र राजनैतिक कोणबाट पनि संसारकै धनि मध्य पर्छ भन्दा हल्का भएपनि सार्है गफ लगाएको जस्तो नहोला सायद।
भौगोलिक रुपमा हेर्दा कुनै राजा-महाराजाको सिंहासन आकारको रुपमा फिँजिएको... माथि रस्पुरकोटको अग्लो डाँडो हुँदै नेटा''पोखरा, उपल्लोटोल हुँदै~~~हल्का भिरालो बनोट बाट बिस्तारै कुर्सिको बस्ने भाग जस्तो गरि फिँजारिएको चौरपानीको मुख्य बस्ति...

प्रशस्त उब्जनि हुने सम्म परेका बारिहरु, लहरै मिलेका घरहरु, सबै जातका मान्छेहरुको संयुक्त बस्ति सन्तुलित र सहिष्णु।
बिकासमा पछाडि नै परेपनि आधुनिकतामा अगाडिनै आउँछ। शैक्षिक रुपमा अगाडि नै गन्दा हुन्छ।हरेक टोलमा पानिको धारा(रैजनपानि)हरेक धारामा घरेलु कुरा...हल्का झगडा थोरै लुछाचुँडि कहिलेकाहिँ तं तं र म म सामान्य मात्र... सामजिक ग्ल्यामर!
न त कुनै भाषिक समस्या न त सामाजिक।नमुना नै भन्दा पनि हुन्छ चौरपानी।
खर्क को चौर आहा! टाढा टाढाकोहरुले भन्दा 'बुढिचौर'।जताततै बर-पिपलक चौतारिहरु...। ठुलो न ठुलो सम्म परेको चौर। चौरको माथिल्लो सिरानमा सिरानि जस्तै गरि लम्पसार परेको बिद्यालय...
चौरको हरेक कुना बाट हरेक क्षेत्रतर्फ़ लाग्ने बाटोहरु...,चौरमा अनेक किसिमका आँप, बर-पिपलका रुखहरु...,तल्लो फुलबारि, उपल्लो फुलबारि, अनेक स्वादका आँप।नाम पनि त्यस्तै--कालि आँप,सेति आँप,लोरि आऑप, सिंदुरे आँप,चुका''आँप,किम्लिआँप, भक्कुआँप,दियालेआँप...के के हो के के स्वाद र आकार अनुसारका नामहरु...पिपल पनि गाँडेपिपल रे!
दशैँको सराएँ, तिजको मेला, रुख्-रुखमा पिङ्(सबै खर्यानमा बाबियो चोरेर बाटेको)कहिल्ले सुनसान नहुने चौर...पलुकाथानाको रातोमाटो खनेका खोपिल्टा(खाडल)हरुमा खेल्ने लुकामारि होस कि बरका रुखमा एता र उता गर्दै छुत्ति खेल्दै घरि-घरि भुइँमा प्याँक्किदै खेल्ने रुखचरि होस्...त्यो भन्दा मजाको न त बिश्वकप फुटबल न त क्रिकेट...
स्कुलको परिक्षा सकिएपछिको समय... मंसिर देखि माघ सम्म! जाडो याम दिनहुँको गोठालो... त्यो भन्दा रमाइलो समय त पारस बिक्रम शाहले पनि मनाएनन् होला! गाउँका कुनै केटा बाँकि रहन्थेनन् जो गोठालो नगएको होस्! गोरु हुनेले गोरु चराउन त केहि नहुनेले एउटो बाख्रो डोर्याउँदै भएपनि गोठालो जनै पर्ने।तास(त्यो समयमा दहल मारा को बैश चढेको थियो।पछि कलब्रेक सौताको रुपमा भित्रियो।)लारिब्यो(लारि-बियो/डन्डि बियो)खोपि आदि हाम्रो लागि बिश्व प्रसिद्द खेल हरु थिए। खेलाडिहरु पनि बिशेष किसिमका! केहि महान खेलाडिको उदाहरण दिनुपर्दा- (नाम हरु पनि उसबेला जसरि बोलाइन्थ्यो त्यसरि नै सम्झिदा उस्तै न्यानोपनको महशुष हुन्छ।)प्रका'''रामे(तास बिशेषज्ञ)थापा'''बिस्ने(खोपि तथा तास गुरु)भण्डारिबारिको तिर्थे(हल्ला-भद्रगोल पाटि)पाँणे बसन्ते(खोपि किरो)थापा'''गोपाल(ठग्गु महाराज)यसरि आफ्ना आफ्ना चरित्र र ब्यबहार अनुसारका साथिहरु...समय संगै को को कहाँ कहाँ पुगिसके...तरपनि कहिल्लै मनबाट नहट्ने साथिहरु।हिउँद को समयमा जङ्गलमा चुत्रो,अमला,तेँजु,सल्लाका सिम्ठा। बर्षामा आँप,फंरेट। चैत्र-बैसाखमा चौतारि,ऐँसेलु।असोज-कात्तिकमा बेलौति(अम्बा)सबै जङ्गलबाट नै उपलब्ध हुने।अरु नगन्य फलफुल त कति हो कति!जुन ठाउँ स्वर्ग भन्दा केहि कमि छैन। किनकि त्यहाँ नपाइने केहि पनि छैन- मेरो चौरपानि!

3 comments:

  1. काली आँप, लोरी आँप, िसंदुरे आँप टोड्के आँप खर्क स्कूलले काटेर बेचिसक्यो । सेती आँप हावाले ढाल्यो । धारामा को पिपल काटेर खलङ्गा लेकालीले लग्यो । चौरको तल्लो भाग डोजरले खनेर समथर भएको छ । खर्कको चौर अली उजाड भएको छ ।

    ReplyDelete
  2. साँच्ची आफ्नो गाउँको बयान जति गरेपनि कमै हुन्छ ।

    ReplyDelete
  3. तपाईंको र मेरो स्कुले जिबन उस्तै उस्तै, कुनै दिन आफ्नोबारे लेख्न परे यो ब्लग सम्झिन पर्ला, चोरेछ भन्नुहोला नी फेरि

    ReplyDelete