दुबै जना उस्तै ठिस् । तर आफु ठिस् (हठी) भएको दुबैले नस्विकार्ने । शायद एक जना मात्र ठिस् भको भए जोडी जम्ने थे'न। उस्को कुरा मानिन भने ऊ सन्केर हिँड्दिने । मेरो कुरा उस्ले मानेन भने म फन्केर हिँड्दिने । त्यसैले पनि हामी अन्जान बन्थ्यौँ आफ्नो ठिसता प्रती । एक जनाले यस्तो गरम भनेपछी हल्का छलफल गर्यो अनी ओक्के ! गाउँमा हाम्लाई तासमा प्राय मिसाउने थेनन । हाम्रो पारा भनेको हाम्लाई टेस परुन्जेल खेल्ने, टेस पर्न छोडेसी खालमा गुन्द्रीमुनी च्याँप्या 'बुटो' टिप्नी तास च्यात्चुत पार्दिनी भड्याङ् भुडुङ् पार्दिनी हिँड्नी । बाइर निस्केर समाउथे, आफुले जितुन्जेल खेल्ने, हार्न थालेसि के ताल हो यो भन्दै ! तास भनेको रमाइलोको लागि खेल्ने हो रमाइलो लागुन्जेल खेलियो, त्यस्पछी रमाइलो लाग्न छोड्यो, अनी च्यातचुत पार्ने भड्याङ् भुडुङ् पार्ने गर्दा रमाइलो हुन्छ जस्तो लाग्यो त्यही गरियो। कसैको पैसो खाको छ भने भन !! बाँकी रह्यो तासमा हार्या पैसो ! जा घर गएर पहाडी कागज ले'र आ तमासुक गर्दिम्ला । नभए पुलिसमा गएर उजुरी गर तासमा जित्या पैसा दे'न भनेर ,भनी थर्काएसी मुर्खका अगाडि को बोल्नु र ! त्यसो गर्नु नि हाम्रो बाध्यता थियो। तिर्थे र म पैसाका गरिप थीईम । बल्ल बल्ल कुन दाउले काँ काँ बाट जुटाको पैसो नि तासमा हारिन्च अनी क्यार्नु त ! फेरी हाम्रो भाग्य नै त्यस्तै थ्यो। सुरुमा गुहे दाउ आउँथ्यो । ल्वात ल्वात जित्ने। खेल्दै गएसी भुटी भाङ्।