राम्रोसंग पाक्न नपाएको आटो(मकैको च्याँख्ला)अनि मोहि-दुध तरकारि त कहिलेकाहिँ मुस्किलले भेटिन्थ्यो।बिहानको नौ बजिसकेको हुन्थ्यो।
बिहानै उठेर धारामा पानी लिन जाउ पालो कुर~~ अनि गाउँले आइमाइका घरायसि कुरा सुन~~ओल्लाघरे पल्लघरे तल्लघरे माथिल्लाघरे सबैका कमिकमजोरि हरु तथा उनिहरुका दैनिक ब्यबहार पस्किने उपर्युक्त थलो गाउँको धारो! जेनतेन पालो आउँथ्यो अनि गाग्रि भर्यो डोकोमा हाल्यो अनि डोकोको पिँधमा बाँसको सुपिलो घुसार्यो अनि अर्को धारो पछाडि लगाउँदै घर। दुई-चार खेप त्यसरि पानी बोक्दा बोक्दा घाम माथि आइसक्थ्यो। अनि चिया खाजा(अर्नि) केहि भए खायो नत्र हँसिया नाम्लो भिर्यो अनि लाग्यो बारिका काल्ना तिर। घाँस को एक् भारि आँगनको छेउँमा पछार्यो अनि दौडेर गयो चुलामा अनि थाप्यो थाल् तातो आटोको लागि! हिँजो चार बजे छुट्टि भएपछि बोकेर आएको झोला प्रायःखोलिएको हुन्थेन, जस्ताको तस्तै हुन्थ्यो।त्यसैले मिलाइरहन गार्हो हुन्थेन। खाना खाएर हात चुठ्दा सबा-साढे नौ बजिसकेको हुन्थ्यो।क्यान्भास जुता(हरियो)सस्तो बलियो भरपर्दो त्यहि नै थियो। त्यसैले प्राय सबैले त्येहि नै प्रयोग गर्थे। नत्र चप्पल् पड्काउँदै झर्यो ओरालि~~~~